गर्मीमा यस्ता चिजहरु मात्रैं खानुहोस् !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार ११:५८

गर्मीमा प्रशस्त पानी पिउनुको साथसाथै हल्का खाना खानुपर्छ। धेरै चिया, कफी पिउनु अनुचित हुन्छ । गर्मीमा ताजा जुस पिउनाले यसले तपाईंलाई उत्साहित र हाइड्रेट राख्छ । जंक फुड खानु हुँदैन। धैरै मसलेदार, पिरो धेरै नुन भएको खानाले गर्मीमा लाभ गर्दैन। यसले तपाईंको स्वास्थ्यलगायत त्वचालाई पनि हानि गर्छ। तर तपाईंले तल उल्लेखित खानेकुरा खान सक्नुहुन्छ :

दही
गर्मीमा दही एकदमै उत्तम खाना हो। यो हाम्रो दैनिक जीवनमा अपरिहार्य बनेको छ। यसबाट हामीले मोही बनाएर खान सक्छौं, लस्सी बनाउन सक्छौं। गर्मी महिनामा खानासँग दही खान पनि राम्रो हुन्छ। यसमा पर्याप्त प्रोटिन हुन्छ। यसले एलर्जी तथा अल्सर हुनबाट जोगाउँछ। दही मिसाइएको कुनै पनि खाना खान गर्मीमा राम्रो मानिन्छ।

खर्बुजा, लिची, काँक्रो
खर्बुजा, काँक्रो, लिचीमा पर्याप्त पानीको मात्रा हुन्छ। खर्बुजामा ९१ प्रतिशत र लिचीमा ८० प्रतिशत पानीको मात्रा हुन्छ। साथै यो गर्मीमा सजिलै पाइने र सर्वसुलभ मुल्यमा पाइने खानेकुरा हो। यस्ता खानेकुराहरूले गर्मीबाट बचाउँछ।

garniसलाद
गर्मीमा सलाद खान एकदम उत्तम हुन्छ। यसले तपाईंलाई स्फुर्त भएको महसुस गराउँछ र अल्छीपनाबाट टाढा राख्छ।

भात
मोटोपना र मधुमेहबाट ग्रसित व्यक्तिका लागि भात खासै राम्रो नमानिए पनि आइरन, कार्बोहाइड्रेट र अन्य तत्वका लागि भात सर्वआहार हुन सक्छ । पाकेको भातमा ७० प्रतिशत पानी पाइने हुनाले शरिरमा भएको पानीको कमीलाई पूर्ति गर्न भातले अवश्य मद्दत गर्छ ।

स्याउ
स्याउको बारेमा एउटा प्रचलित भनाई छ, “स्याउ खाउ, डाक्टर भगाऊ ।” फाइबर, भिटामिन सी र शरिरलाई अन्य आवश्यक तत्वका लागि स्याउ अत्यन्तै राम्रो श्रोत हो भने यसमा पाइने ८६ प्रतिशत पानीले यसलाई गर्मीको लागि उचित आहार मान्न सकिन्छ ।

सातु
सातुलाई हेलाँको दृष्टिकोणले हेर्ने गरिएको छ। यो गरिबले मात्र खान्छन् भन्ने मानसिकता त्याग्नुहोस्। किनकि यो स्वास्थ्य बन्नलाई एक नभई नहुने खाना हो। सातु प्रायजसो गहुँ र चनाको बनाइन्छ तर तपार्इंले आफूले मनपर्ने खालको अन्य गेडागुडीबाट पनि बनाउन सक्नुहुन्छ। तपाईंले यसमा थोरै कागतीको रस, नुन, भुटेको जिराको धुलो मिसाएर पनि खान सक्नुहुन्छ। यो स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ, गर्मीमा फाइदा गर्छ।

कागती–अदुवाको जुसः
कागती र अदुवाको जुसमा क्यान्सर विरोधी गुणहरु भएको मानिन्छ । भिटामिन सी ले भरिपूर्ण यस्तो जुसले तपाईंको पेटसँग सम्बन्धित धेरै समस्याहरु नष्ट गरिदिन्छ । त्यसकारण यदि तपाईंमा पेटको समस्या छ भने यो नै तपाईंको राम्रो उपचार पद्धति हुनेछ । साथसाथै, यसले कुनै पनि छाला र कपालसँग सम्बन्धित समस्याहरुको पनि समाधान गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१