एनआरएन अमेरिका थप विवादित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार ११:३९

अमेरिका,३ असार । निर्वाचित भएको दुई महिना नपुग्दै अमेरिकास्थित गैरआवसीय नेपाली संघ, समन्वय समितिमा विवाद देखिएको छ । निर्वाचनमा पराजित भएकाहरुको उजुरीको आधारमा सो विवाद देखिएको हो । त्यहि क्रममा संघको विवादका सम्बन्धमा रिपोट संकलन गरी केन्द्रमा पठाउन अमेरिका क्षेत्रीय संयोजक सोनाम लामालाई अधिकार दिइएको थियो । संयोजक लामाले चुनावमा धाँधली भएको निष्कर्ष निकालेका छन् । यो उनलाई दिइएको अधिकार क्षेत्रभन्दा बाहिर गएर निष्कर्ष निकालेको बताइएको छ । सामान्यतय यस्ता छानविन गोप्य हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर यो मान्यता विपरित लामाले ब्यक्तिगत विवरणसमेत सार्वजानिक गरेका छन् । लामाले ‘मंगलवार जारी गरेको बक्तब्यमा एउटै आईपीबाट ६ वटाभन्दा धेरै मतदान भएका कागजात समेटिएका छन् । ६ वटा भन्दा धेरै मतपत्र एउटै खामभित्र आएको सन्दर्भमा त्यस्ता मतपत्रहरु रद्द गरिएको थियो । त्यस्ता मत गणना गरिएको थिएन । तर एउटै आईपीबाट ६ वटाभन्दा धेरै मतदान भएका र त्यसलाई मान्यता दिइएका कागजातहरु उजुरीकर्ताले पेश गरेका छन्’ भनी गोपनीयतासमेत भङ्ग गरिएको छ ।

sonam lamaसोनम लामाद्धारा जारी वक्तब्य :
१.छानविनको थप प्रकृया अगाडि बढाउनका लागि निकट भविश्यमा आवश्यकता अनुशार छानविन कमिटि गठन गर्ने योजनासहित छानविनको प्रकृया सहज बनाउन र छानविनको प्रकृया प्रभावित हुन नदिन एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिलाई कुनै कामकारवाही नगर्न जानकारी दिइएको छ । एनआरएन अमेरिकाको कार्यसमितिकै विघटन वा सम्पूर्ण कार्यसमितिलाई खारेज वा निलम्बन गरिएको नभई कार्यसमितिलाई औपचारिक कामकारवाही रोक्नमात्र निर्देश गरिएको हो ।
२.एनआरएन एनसीसी अमेरिकाको चुनावमा पारदर्शिताका सम्बन्धमा प्रश्न उठाउदै एनआरएन आईसीसीमा परेको उजुरीपछि उजुरीकर्ताले थप प्रमाणहरु पेश गरेका छन् । थप प्रमाणमा एउटै आईपीबाट ६ वटाभन्दा धेरै मतदान भएका कागजातहरु समेटिएका छन् । ६ वटा भन्दा धेरै मतपत्रहरु एउटै खामभित्र आएको सन्दर्भमा त्यस्ता मतपत्रहरु रद्द गरिएको थियो, गणना गरिएको थिएन । तर एउटै आईपीबाट ६ वटाभन्दा धेरै मतदान भएका र त्यसलाई मान्यता दिइएका कागजातहरु उजुरीकर्ताले पेश गरेका छन् । कागजात यसैसाथ संलग्न छ ।
३.एउटै क्रेडिट कार्ड प्रयोग गरी ६ सय २३ जनालाई एनआरएन अमेरिकाको साधारण सदस्य बनाइएको र त्यसबापत एउटै क्रेडिट कार्डबाट ६ हजार २ सय ३० डलर तिरिएको प्रमाण उजुरीकर्ताले पेश गरेका छन् । एउटै क्रेडिट कार्ड प्रयोग गरेर अरुलाई पनि यसरी थानका थान सदस्य बनाएको उजुरीकर्ताको दावी छ । तर थप कागजात प्राप्त भएको छैन । एउटै क्रेडिट कार्डबाट ६ सय २३ जनालाई सदस्य बनाइएको बैंकको कागजात यसैसाथ संलग्न छ ।
४.पाँच सय ७ जना मतदाताहरुका तर्फबाट अध्यक्षमा केशव पौडेललाईमात्र मतदान गरिएको छ । अन्य पदमा उठेका कुनैपनि उम्मेदवारहरुलाई मतदान गरिएको छैन । यसरी अन्यपदमा उठेका कुनै पनि उम्मेदवारहरुलाई मतदान नगरी अध्यक्षमा केशव पौडेललाई मात्र मतदान गरिनु शंकास्पद भएको भन्दै उजुरीकर्ताहरुले छानविनको माग गरेका छन् । नक्कली मतदाता बनाएर उनीहरुका नाममा अरुले नै केशव पौडेलका लागि मतदान गरेको उजुरीकर्ताको दावी छ । तर त्यसबारे उजुरीकर्ताको थप प्रमाण प्राप्त भएको छैन । अध्यक्षमा केशव पौडेललाई मात्र ५ सय ७ जनालाई मतदान गरिएको कागजात यसैसाथ संलग्न छ ।
५.एउटाको भोट अर्कैले हालिदिएको सम्बन्धमा मतदाताहरुले नै कम्प्लेन गरेका छन् । क्यालिफोर्नियाका एकजना मतदाताले आफ्नो मत अरु कसैले न्युयोर्कबाट हालिदिएको उजुरी गरेका छन् भने कनेक्टिकटका अर्का मतदाताको उजुरी पनि यस्तै खालको छ । यस्ता मतदाताहरु धेरै भएको उजुरीकर्ताको दावी छ । यस सम्बन्धि कागजात यसैसाथ संलग्न छ ।
६.उजुरीकर्ताले यसअगाडि नै छानविनको माग गर्दै निर्वाचनकै बेलादेखि निर्वाचन आयोग लगायत सम्बन्धित निकायमा उजुरी गरेका थिए । तर त्यसबारे छानविन गरी हालसम्म कुनै जानकारी नदिएको हुनाले उनीहरुले आईसीसी समक्ष उजुरी दिएको जानकारी दिएका छन् । यसबारे उजुरीकर्ताहरुले निर्वाचन आयोग, त्यसलगत्तै कानुन व्यवसायीमार्फत निर्वाचन आयुक्तलाई लेखिएको पत्र, त्यसपछिका अन्य उजुरीका कागजात यसैसाथ संलग्न छन् ।
७.आईसीसीले पनि छानविनका लागि पहल नगरेमा उजुरीकर्ताहरु न्यायका लागि अमेरिकी अदालतमा जाने अवस्था सृजना भएको हुँदा एनआरएन संस्थालाई अदालतसम्म पुग्न नदिन समस्या समाधानका लागि पहल गरिएको हो । संस्थाको गरिमालाई बचाउनका लागि र भविश्यमा यस्ता विवादहरु आउने अवस्था नै सृजना नहोस् भनी सबै पक्षलाई समेटी एनआरएन अमेरिकालाई अझ बलियो बनाउने उद्देश्यका साथ छानविनको प्रकृया अगाडि बढाइएको हो । यसका लागि पुन एनआरएन अमेरिकाका वर्तमान कार्यसमितिबाट कुनै पनि कामकाज नगरी छानविन प्रकृयामा सहयोग हुने अपेक्षा गर्दछु । साथै सम्पूर्ण सरोकारवालाहरुसँग सल्लाह सुझाव लिदै र समन्वय कायम गर्दै छानविनलाई निष्कर्षमा पुर्याउनका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । पदीयमर्यादा र अन्तराष्ट्रिय मान्यता विपरीत सोनाम लामाले सार्वजानिक गरेका ब्यक्तिग बिवरण सम्बन्धित ब्यक्तिको अनुमति बिना सार्वजानिक गर्नु अन्तराष्ट्रिय कानून विपरित अपराध मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१