चैते धानमा विभिन्न रोग देखिएपछि किसानहरु चिन्तित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार ११:१३

चितवन, ३ असार । पूर्वी चितवनको विभिन्न क्षेत्रमा लगाइएको चैते धानमा विभिन्न रोग देखिएपछि किसानहरु चिन्तित भएका छन् । विशेष भण्डारा, कुमरोज, पिप्ले, कठार लगायतका क्षेत्रमा लगाइएको धानको बोटमा ‘नेक ब्लास्ट, शित ब्लाइट’ लगायतको नामको रोग लागेपछि किसानहरु चिन्तित भएका हुन् । धान झुल्ने बेलामा धानको बाला कुहिएर बाला सुक्दै जान थालेपछि किसान रनभुल्ल बनेका छन् । पुर्वी क्षेत्रमा मात्रै ८० प्रतिशत धानहरुमा यो रोग देखापरेको छ ।
dhanपूर्वी चितवनको भण्डारा–२ हर्दीका रेशम दुलालले लगाएको धानमा नेक ब्लास्ट रोग लागेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका बरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले धान लगाउने समयमा किसानहरुले कडा विषदीहरुको प्रयोग गरेका कारण रोग लागेको हुनसक्ने बताएका छन् । घिमिरेले वालीहरुमा समस्या देखिन साथ राम्रोसंग नबुझी एग्रोभेटहरुबाट औषधी ल्याएर प्रयोग गर्नाले पनि समस्या आएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१