सकारात्मक सोच तथा नेतृत्व विकास तालिम सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १६:५२

11350173_699765113460935_1996692769_nकाठमाडौँ ,२ असार । बोष्टर मिडियाले आयोजना गरेको  सात दिने सकारात्मक सोच तथा नेतृत्व विकाससम्बन्धी तालिम मंगलबार देखि सुरु भएको छ। १ हप्ता संचालन हुने तालिमको उद्घाटन गर्दै बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले  मानिसको सोच सबैभन्दा ठूलो शक्ति भएको धारणा राख्नुभयो । ढुंगानाले  मानिस सफल-असफल, दुखी-सुखी बन्नुको आधार नै सोच भएको बताउँदै सकारात्मक सोच राख्नुपर्ने   धारणा व्यक्त गर्नुभयो ।11304024_701999193237527_882707635_n

उनले शारीरिक, मानसिक, सामाजिक सफलताका लागिसमेत आध्यात्म आवश्यक पर्ने   कुरामा जोड दिदै मानिसको  शक्ति अलौकिक हुने भन्दै सबैले आफूभित्रको शक्तिलाई चिनेर अगाडि बढ्नुपर्ने   बताउदै ,सकारात्मक सोचका कारण मानिसमा जोश, जाँगर र आत्मविश्वास पैदा हुने बताए। 11292822_701999173237529_893585257_nउनले बिहान मुख्य समाचार नकारात्मक भयो भने दिन नै उदास हुन सक्ने भएका कारण सबै सञ्चार माध्यमले बिहान मुख्य समाचारको रूपमा  सकारात्मक समाचार सम्प्रेशण गर्नुपर्ने  बताए।तालिमको पहिलो दिन सकारात्मक सोचसम्बन्धी अध्यक्ष ढुंगानाले प्रशिक्षण दिएका थिए भने बुधबार रेडियो अन्नपुर्णका संचारकर्मी कृष्ण कट्टेलले प्रशिक्षण दिएका थिए । तालिममा २० जना भन्दा बढीको सहभागिता छ।11287237_701999183237528_875957484_n

प्रतिक्रिया