नेपाल पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १६:२७

धर्मशाला, २ असार । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट खेलको तयारीका क्रममा भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो चौंथो अभ्यास खेलमा पनि पराजित भएको छ । हिमाञ्चल प्रदेशको टोलीसँग भएको पहिलो र दोस्रो खेल जितेको नेपाल लगातार तेस्रो र चौंथो खेलमा पराजित भएको हो । धर्मशाला मैदानमा बुधबार भएको खेलमा नेपाल ७ रनले निरास बन्यो । हिमाञ्चल प्रदेशले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्रै जोड्न सक्यो ।
cricket-teem-file-photo-final17नेपालको पारीमा कप्तान पारस खड्काले अविजित ३६, उपकप्तान ज्ञानेन्द्र मल्लले २९ तथा राजेश पुलामीले २३ रनको योगदान गरेपनि टोलीलाई जितसम्म डोहोर्याउन सकेनन् ।  ओपनर सुवास खकुरेललाई विश्राम दिइएपछि मौका पाएका अनिल मण्डलले १५ रन जोडे भने, सरद भेसवाकर १३, विनोद भण्डारी ६, प्रदिप ऐरी ३ र वसन्त रेग्मी २ रनमा आउट भए । यसअघि अभिनास कर्णले २ तथा जितेन्द्र मुखिया, वसन्त रेग्मी र प्रदिप ऐरीले १–१ विकटेल लिएपछि घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । उसका लागि अभिमन्यू रानाले अविजित ६७ रनको योगदान गरे । यससँगै सिरिजमा २–२ को बराबरी भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१