प्रधानमन्त्री ज्यू ‘पुरुष मात्रै माथिल्लो निकायमा ?’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १५:५७

mahilaकाठमाडौं, ०२ असार । प्रधानमन्त्री सुशील कोइरालाले सबै दलको सहमतिबाटै संघीयतासहितको संविधान जारी हुने दाबी गरेका छन् । विभिन्न राजनीतिक दलसम्बद्ध महिला नेतृहरुको बुधबार बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले ‘केही दलले संघीयतासहितको संविधान जारी नहुने भनेर भ्रम फैलाएको’ आरोप लगाउँदै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले प्राप्त उपलब्धि संस्थागत गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पारे ।
प्रधानमन्त्री कोइरालाले राज्यका माथिल्ला निकायमा महिला प्रतिनिधित्व सुनिश्चितताका लागि सरकार गम्भीर रहेको पनि बताए । उनले आगामी संविधानमा महिला अधिकार सुरक्षित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१