यस्तो छ बाराक ओबामाको जीवनी,सडक देखी राष्ट्रपतिसम्म….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १३:५८

बाराक हुसेन ओबामा (जन्म: ४ अगस्ट, १९६१) अमेरिकाका ४४औं तथा वर्तमान राष्ट्रपति हुन्। उनी यस देशका प्रथम अश्वेत (अफ्रीकी अमरीकन) राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। ओबामा इलिनय राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्रैटिक पार्टीका उम्मेद्वार थिए। ओबामाले हार्वर्ड ल स्कूलबाट सन् १९९१ मा स्नातक गरे, जहाँ उनी हार्वर्ड ल रिव्यूका प्रथम अफ्रीकी अमेरिकी अध्यक्ष पनि भए। सन् १९९७ देखि २००४ सम्म इलिनय सिनेटमा तीन सेवाकाल पूरा गर्नु अघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे। सन् १९९२ देखि २००४ सम्म उनले सिकागो कानून विश्वविद्यालयमा संवैधानिक कानूनको अध्यापन कार्य पनि गरे। सन् २००० मा अमेरिकी हाउस अफ रेप्रीजेन्टेटिभ सीट हासिल गर्न असफल भएपछि जनवरी २००३मा उनको नजर अमरीकी सिनेटतर्फ पर्यो जहाँ उनले मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नोभेम्बर २००३मा सिनेटका लागि निर्वाचित भए।

१०९ औं कंग्रेसमा अल्पसंख्य डेमोक्रेट सदस्यका रूपमा उनले पारम्परिक हात-हतियारमाथि नियन्त्रण तथा सङ्घीय कोषको प्रयोगमा अधिक सार्वजनिक उत्तरदायित्वको समर्थन गर्दै विधेयक बनाउनमा सहयोग गरे। उनी पूर्वी युरोप, मध्य पूर्व र अफ्रीकाको राजकीय यात्रामा पनि गए। ११० औं कंग्रेसमा लबिंग तथा चुनावी धाँधली, मौसम परिवर्तन, नाभिकीय आतंकवाद तथा युद्धबाट फर्किएका अमेरीकी सैनिकहरूको कल्याण सम्बन्धित विधेयक-निर्माणमा उनले सहयोग गरे। विश्व शांतिमा उल्लेखनीय योगदान पुर्याए बापत बराक ओबामालाई वर्ष २००९ को नोबेल पुरस्कार प्रदान गरियो।

barakप्रारम्भिक जीवन
ओबामाको जन्म हवाई राज्यमा भएको हो। उनका पिता केन्या मूलका बाराक हुसेन ओबामा सिनियर थिए भने आमा अमेरिकाकी एन्न डन्हाम थिईन। बाराकका पिता काला जाति र आमा गोरा जातिको हुन। उनी दुई वर्षको भएपछि सन् १९६४ तिर पिता र माताले छुट्टाछुट्टै बस्ने निधो गरे। त्यसपछि बाराकका पिता केन्या फर्के। आमाले इन्डोनेसियाका लोलो सोयटोरोसँग अर्को विवाह गरिन्। जुनियर ओबामा पनि आमाको अर्को परिवारसँग इन्डोनेसिया गए।

जन्मेको एक महिनामा छाडेर गएका बाबुसँग ओबामाको अलि ठूलो भएपछि एक पटक मात्र भेट भएको थियो। बाराकका जन्मदिने पिताको सन् १९८२ मा गाडी दुर्घटनामा निधन भयो। बाराक दश वर्षको हुन्जेल इन्डोनेसियामै बसे। त्यसपछि आमापट्टिका हजुरबुबा स्टानले र हजुरआमा मेड्लिनसँग बस्न होनोलुलु, हवाई राज्य फर्के। उनी सन् १९७१ मा पुनाहौ स्कूलमा कक्षा ५ मा भर्ना भए। सन् १९७९ मा स्नातक तह सके। डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका ओबामाले कोलम्बिया युनिभर्सिटि र हार्भर्ड ल स्कूलबाट स्नातक गरेका छन्।

बाराककी आमा सन् १९७२मा हवाई फर्किन्। सन् १९७७ सम्म त्यहि बसेर इन्डोनेसिया फर्किन्। इन्डोनेसियामा उनी मानिसको उत्पत्ति र सामाजिक सम्बन्धबारे अध्ययन गर्थिन्। त्यसपछिको बाँकी समय एन्नले इन्डोनेसियामै बिताइन्। सन् १९९४मा हवाई त फर्किन् तर त्यसको एक वर्ष नबित्दै उनको निधन भयो।

होनोलूलूमा जन्मेका ओबामा केन्याई मूलका अश्वेत बाबु र अमेरिकी मूलकी आमाका सन्तान हुन्। उनको अधिकांश प्रारम्भिक जीवन अमेरिकाको हवाई राज्यमा बित्यो। ६ देखि १० वर्ष सम्मको उमेर उनले जकार्ता (इण्डोनेशिया)मा आफ्नी आमा र इण्डोनेशियाई सानोबाबु(सौतेलो बाबु) सँग बिताए। बाल्यकालमा उनलाई बैरी नामले बोलाइन्थ्यो। पछि होनोलूलू फर्केपछि आफ्नो मावल घरमा बस्न थाले। १९९५मा उनकि आमाको क्यान्सर रोगको कारणले मृत्यु भयो। ओबामाको विवाह १९९२मा मिसेलसित भएको हो जसबाट दुई छोरीहरू (मालिया र साशा) भए। ओबामालाई बाल्यकालमा लालन-पालन गर्ने हजुर आमा (मेडलिन दुनहम)को पनि २ नोभेम्बर, २००८ का दिन ८६ वर्षको उमेरमा निधन भयो।

ओबामाको परिवार
सधैं हाँसिरहने ओबामाले सन् १९९२मा मिचेलसँग विवाह गरे। उनीहरूका दुई छोरीहरू : मालिया (जन्म: सन् १९९८) र साशा (जन्म : सन् २००१) छन्।

राष्ट्रपति चयन
ओबामा सन् २००८ नोभेम्बर ४को निर्वाचनमा राष्ट्रपति निर्वाचित भए। सन् २००९ जनवरी २० देखि ४४ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाले। त्यसअघि उनी इलिनोय राज्यका सिनेटर थिए। अमेरिकाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो अश्वेत हुन्। यो चुनावमा बाराक ओबामाले ५२ प्रतिशत मत पाए भने विपक्षी जोन मक्केनको पक्षमा ४७ प्रतिशत मत परेको थियो। त्यस्तै सन् २०१२, नोभेम्बरमा भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्धि, रिपब्लिकनका मीट रोम्नीलाई हराउँदै पुन: दोस्रो कार्यकालका लागी निर्वाचित भए। धेरै पहिले अमेरिकामा काला जातिका मानिसलाई दासदासी राखिन्थ्यो। उनीहरूको किनबेच हुन्थ्यो। काला जातिका मानिसका मानिस बेचिनेदेखि राष्ट्रपतिसम्म पुग्नु ठूलो उपलब्धि हो। ठूलो प्रजातन्त्र अमेरिकाको सुन्दरता पनि यहि हो।

ओबामाको वाल्यकालका धेरै दिन हजुरआमासँग बित्यो।त्यसैले उनको जीवनमा सबभन्दा बढी नजिक पनि हजुरआमा नै थिइन्। तर उनी राष्ट्रपति भएको खबर सुन्न दुई दिन बाँकी हुँदा हजुरआमाको निधन भयो। ‘कसरी सपना देख्ने र कडा परिश्रम गर्ने भन्ने मैले आमा र हजुरआमाबाट सिकेको हुँ,’ भन्ने ओबामाले हजुरआमा-हजुरबुबा दुवै जना आफ्नो जीवनको ‘पथ प्रदर्शक’ भएको बताउँछन्। नाममा हुस्सेन भए पनि उहाँ इसाइ धर्म मान्छन्।

उनी राष्ट्रपति भएर ह्वाइट हाउसमा बस्न जानुअघि इलिनोय राज्यमा बस्थे। उनले राजनीति गर्न थालेको १९ वर्षमात्र भएको छ। यति चाँडो विश्वकै प्रभावशाली नेता हुनु आफैंमा ठुलो उपलब्धि हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१