भूकम्पपछि पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १३:३३

मुस्ताङ, ०२ असार । विनाशकारी भूकम्पका कारण राउन्ड अन्नपूर्ण पदमार्गमा पर्ने पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बनेको छ ।वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि पर्यटकले भ्रमण रद्द गरेपछि मुस्ताङ सुनसान बनेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) ले जनाएको छ । वैशाख १२ गतेपछि २५५ जना पर्यटकमात्र जिल्लाको भ्रमणमा आएका एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । उहाँका अनुसार, मुस्ताङमा भूकम्प जानुभन्दा पहिले वैशाख १ देखि ११ गतेसम्म दुई हजार ७९ जना विदेशी पर्यटक भित्रिएका थिए भने ९८७ पर्यटक बाहिरिएका थिए ।

GC_Mustang_Hiu-ma-Manchheअन्नपूर्ण रेञ्जका दर्जनभन्दा बढी हिमशृङ्खला, मुस्ताङको लोमान्थाङ, मुस्ताङी कला र संस्कृतिको अध्ययनका लागि जिल्लामा बर्सेनि ४० हजारभन्दा बढी बाह्य पर्यटक पदयात्रामा आउने गरेको तथ्याङ्क छ । गत असोज र कात्तिक महिनामा आएको हुद्हुद् आँधीपछि यी क्षेत्रमा भएको भारी हिमपात र वैशाख १२ को विनाशकारी भूकम्पका कारण यस वर्ष करिब ३० प्रतिशत पर्यटक घट्ने अनुमान पर्यटन व्यवसायीले गरेका छन् । पर्यटकको आवागमन कम भएसँगै यस क्षेत्रमा सञ्चालनमा रहेका होटल पनि सुनसान बनेका छन् । जिल्लामा लेतेदेखि लोमान्थाङसम्म १५० भन्दा बढी साना तथा ठूला होटल सञ्चालनमा रहेका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१