जहाँ हरेक घरको छतमा हवाईजहाज पाइन्छ….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १३:१९

एजेन्सी । यो अनौठो दुनियाँमा हरेक दिन अनौठा कुराहरु सुन्न पाइन्छ । यस्तै अनौठो कुरामध्ये एउटा यस्तो ठाउँ छ, भारतको जालन्धरमा अवस्थित लावन्डा गाउँ । यो गाउँमा हरेक घरमा एयर इन्डियाको जहाज हुन्छ, जसलाई देखेर जो पनि छक्क पर्दछन् । वास्तवमा यो एक एनआरईको निवास हो, जसको घरको छतमा देखिएको विमान असली होइन तर जहाजको नमुनामा बनाइएको कोठा हो । हवाईजहाजमा उड्ने र त्यसमा बस्ने सपनालाई साकार बनाउँदै यस्तो बनाइएको हो । जहाजको कोठामा एअर इन्डिया लेखिएको छ ।

airयसले एअर इन्डियाको विज्ञापन भइरहेको बताइन्छ । त्यसो त, यस्तो जालन्धरमा मात्र होइन, नूरमहल तहसीलको माथिल्लो गाउँमा हरेक घरमा यस्तो देख्न पाइन्छ । यसैकारण मानिसहरु त्यस गाउँलाई जहाजभएको गाउँ भनेर सम्बोधन गर्न थालेका छन् । स्थानीय सन्तोख सिंहे आफ्नो घरको माथि एक हवाईजहाज बनाएका छन् । उक्त जहाज करिब २ किलोमिटर टाढाबाट पनि देख्न सकिन्छ । आजकल यो गाउँ मानिसहरुको आकर्षणको केन्द्र बनेको छ । सन्तोख सिंह बेलायत बस्छन्, उनी होटल व्यवसाय गर्छन् । उनले मात्र होइन, पञ्जावको जालन्धर, कपुरथला, होसियारपुर र दोआबा क्षेत्रमा हरेक घरमा पानीको ट्यांकीमा जहाज देखिन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१