अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १२:५१

ताप्लेजुङ, ०२ असार । ताप्लेजुङको दुर्गम गाउँ कालिखोलामा उपचारको अभावमा सुत्केरी महिलाको ज्यान गएको छ । कालिखोला गाउँ विकास समिति—७ की जुनिता इदिङ्गो बेघा (लिम्बु)को अत्याधिक रक्तश्रावका कारण बुधबार राती ज्यान गएको हो ।

sutkari२१ वर्षकी जुनिता मंगलबार बेलुका ९ बजे बच्चा जन्माउनुभएको थियो । तर बच्चा जन्मिएको ५ घण्टापछि लिम्बुको मृत्यु भएको हो । अस्पतालको पहुँचबाट धेरै टाढा भएका कारण सुत्केरी महिलाको ज्यान गएको स्थानीयबासिन्दाको भनाई रहेको छ । घटनास्थल सदरमुकामेदेखि ३ दिनको पैदल दुरिमा पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१