महिला विश्वकप खेलमा अमेरिका विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १०:०९

amiraमहिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार विहान भएको खेलमा अमेरिका विजयी भएको छ । प्रतिस्पर्धात्मक भएको खेलमा अमेरिकाले नाइजेरियालाई १–० ले पराजित गर्यो । अमेरिकाको जितमा पहिलो हाफको अन्तिम मिनेटमा वामव्याचले गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै अमेरिका समुह डीको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा २ जित र एक बराबरी खेलेको अमेरिकाले ७ अंक जोडेको छ । नाइजेरिया भने ३ खेलमा १ अंकका साथ तालिकाको पुछारमा रहेको छ । यस्तै बुधबार विहान नै भएको अर्को खेलमा अष्ट्रेलिया र स्वीडेनलले १–१ गोलको बराबरी खेलेका छन् । खेल सुरु भएको पाँचौ मिनेटमा नै डी भानाको गोल मार्फत अष्ट्रेलियाले अग्रता लिएको थियो । तर १५ औं मिनेटमा स्वीडेनकी ज्याकोब्सनले बराबरी गोल फर्काइन् । बराबरीसँगै ३ खेलमा ४ अंक जोडेको अष्ट्रेलिया समुह डी को दोश्रो स्थानमा छ । ३ अंक मात्र जोडेको स्वीडेन भने तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१