एन आर एन ए कतारको महासचिब पदमा मेरो उम्मेदवारी : नन्द प्रसाद ढुङ्गाना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार ०५:३६

11208641_1641309956093024_6425636231770972316_nआदरणीय कतारबासी सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु यहाँहरु सम्पूर्णमा मेरो नमस्कार। एन आर एन ए कतार को २०१५ – २०१७ कार्यकालका लागी महासचिब पदमा मेरो उम्मेदवारी घोषणा गर्दै :- कतारमा अवस्थित सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनी , ब्यबसाशी ,समाज सेबी ,बुद्द्जीबी,पत्रकार संघसंस्था तथा सम्पूर्ण परिषद सदश्यहरुलाई एकताबद्द गरि अझै प्रभावकारीका ढंगका साथ सस्थालाई घनिभूतका साथै साझा सस्थालाइ नया तबरबाट उचाइमा लैजानु आजको अपरिहार्य आवस्यकता देखिन्छ । निस्वार्थ सामाजिक सेवाका साथ लामो समयदेखि निरन्तर समाजका विभिन्न सामाजिक कार्यहरुमा यहाँहरुले मलाई प्रतिनिधित्व गर्ने अवसर दिनु भएकोमा यहाहरु सम्पूर्ण प्रति म आफुलाई गौरबान्बित ठानेको छु। समाज परिबर्तन गर्न व्यक्तिगत सोच परिबर्तनका साथै समय सापेक्ष नया अनुहारको आवस्यकता पर्दछ। विभिन्न भाषा,धर्म, सस्कृति र मानबिय सहयोगलाइ अग्र स्थानमा सम्मान गर्दै विभिन्न समस्याको समाधानका साथै सङ्घर्षशिल व्यक्ति नै समाजमा सदाबहार समाजसेवीका रुपमा रहन सक्छ। यावत बिषयलाइ समेट्ने गरि मैले स्वतन्त्र रुपमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्नय परिषद कतारको आगामी कार्यकाल (२०१५-२०१७) का लागि महासचिन पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु । सम्पूर्ण कतारबासी नेपाली मनका धनि प्यारा दाजुभाइ तथा दिदीबहिनीहरु, समाजसेवी, विभिन्न पेशामा आवद्द साथीहरु, ब्यबसायिकवर्ग, बुद्दिजिबिवर्ग, मेरा अग्रजहरु, विभिन्न सामाजिक सस्थाका अभियन्ता साथीहरु,पत्रकार महोदय लगायत सम्पूर्ण परिषद सदस्य ज्युहरुको बिशेष सहयोग र समर्थन रहनेमा म आफु बिस्वस्त छु । मेरो सामाजिक चाहना पुरा हुनुमा तपाईहरुका ति सम्मानजनक हातहरुमा निर्भर रहने छ ।आशा छ यहाँहरुको माया नै मेरो लागि समाज परिबर्तन गर्ने सौभाग्य हुने छ । भवदीय नन्द प्रसाद ढुङ्गाना वर्तमान कतारको परिवेशमा आफ्नो उमेद्ववारीको मुल एजेन्डा एवं उद्देश्यका बारेमा निम्न लिखित बुदागत रूपमा प्रतिबद्दता ब्यक्त गर्न चाहन्छु । १) सबै जाती,धर्म, क्षेत्र तथा लिङ्ग लगायत कतारमा रहेका गैर आवासिय नेपालीहरूको साझा उमेद्ववार आफुलाई उभ्याउने । २) कतारमा कार्यरत श्रमिकहरुको हक,हित,अधिकार एवं समस्या निराकरणको हर सम्भब प्रयास गर्ने । ३) साझा संस्थामा रहेर आम गैर आवासीय नेपालीहरुसँग हातेमालो गर्दै सहमति र सहकार्यको दिशामा अग्रसर हुदै सम्बृद समाजको स्थापना गर्ने । ४) कतारमा रहेको कुरीति, विसंगति तथा बिकृति बिरुद्द सधैं कृयासिल रहने । ५) गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सम्पूर्ण कागजातहरुलाई सुरक्षित राख्ने ६) गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको साङ्गठनिक जीबनमा गरेका उपलब्धिहरुलाई ईतिहासको रुपमा सुरक्षित राख्ने । ७) कतारमा रहेका पेशाकर्मी, बुद्धिजिबी तथा ब्यबसयीहरुसँग हातेमलो गर्दै अगाडि बड्ने । ८) साझा संस्थामा रहेर सामाजिक क्षेत्रमा बटुलेका अनुभबलाई गैर आवासिय नेपालीहरुको हितको लागि उपयोग गर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१