आज मेरो देश पीडामा डुबेको बेला हामीजस्ता बाध्यतामा विदेसियका धेरै नेपालीको मन रोएको छ । यहाँका टेलीभिजन पर्दा र इन्टरनेटमा भिडियोहरु हेर्दा मेरो देश चित्कारमय र धुलाम्मे छ । मेरा सुन्दर ति गाउँ, म खेलेर हुर्केका आँगनहरु, मेरा बस्तीहरु सोत्तर छन् । मेरो सुन्दर नेपालको यो स्थिति देखेपछि मेरो मन ति पहिले र अहिलेका फोटाहरु तुलना गरिरहेको छ र यो स्थितिलाई स्वीकार्न सकिरहेको थिएन, तर बास्तबिकता यही थियो । अनि झन् आफ्नो जन्मभुमिको यस्तो दुर्दशाको समयमा देश बाहिर हुनुको पीडा झन् गहिरो हुँंदोरहेछ । मेरो मातृभुमी प्रकृतिको बर्बर मार खेपीरहेकी बेला आफू परदेशबाट टुलुटुलु हेरेर बस्नु पर्ने बाध्यताले मलाई धिक्कारी रहेको छ । अब कहिले बन्छ मेरो देश फेरी पहिले जस्तै ? मेरो शीर मेरो धरहरा फेरी कहिले मुस्कुराएर सुन्दर काठमाडौकोँ गहना बन्न सक्ने छ ? ति भत्कियका घरहरु कहिले उठ्ने छन् ? कहिले मेरो नेपालले फेरी चैनको सास फेर्ने छ ? जस्ता प्रश्नहरुले मलाई छटपटी बनाइरहेको छ । यति सबै भइसक्दा पनि सरकारको ठोस पहलकदमी नदेख्दा नैराष्यता झन् बढ्छ । सारा जर्मनी मिडियमा हाम्रो देशको स्थितिप्रति दुःख व्यक्त गर्दै सहयोगका कुराहरु आइरहदा,साथीहरुले तिम्रो देशमा विनास निम्तेछ भनेर भनिरहँंदा मन भारि हुँंदो रहेछ ।
अझ संसारको गरिब देशहरु मध्येको एउटा देश भन्दा त सारै चित्त दुख्छ । जर्मनी मिडियाले सरकार तदारुकताका साथ अघि नबढेकोले जनता आक्रोसित भएको, सहयोगको रकम सरकारले सहि सदुपयोग गर्नेमा जनतालाई शंका भएको समाचार सम्प्रेषण गरिरहँंदा मलाई झन् लज्जीत बनाएको छ यहाँ । मेरो देश सम्पदा र श्रोतमा धनि छ, प्रविधि र प्रणालीमा सधै कम्जोर रहिरह्यो, अरु देशका अगाडी निरिह बन्नु हाम्रो बाध्यता बनेको छ, यतिसम्म हुँंदैगर्दा पनि धेरै म जस्ता युवाहरुको जोश जाँंगर हराएको छैन देशको सम्झना र मायामा हामी जहाँं रहेपनि हाम्रो ऐक्यबद्धता कायमै छ र हुनेछ । पढे÷सुनेका समाचार र देखेका तस्बिर÷भिडियोहरुले हामी नेपालीमा यो भुकम्पले अझ आत्मियता बढाएको, एक अर्कालाई सहयोग गर्ने भावना पहिलेको भन्दा बढाएको छ । नेपालीहरुले आफ्नो तर्फबाट गरेका पहल कदमीहरु देख्दा र अठोट देख्दा खुसी लाग्छ आँट बढेर आउँंछ र सोच्छु ति भत्केका संरचनाहरु धेरै पुराना थिए । आफैमा कम्जोर पनि थिए होलान त्यही भएर धेरै क्षति भयो अब हरेक संरचनाहरु बलिया बनाउने छौ । हामी बनाउने छौ हाम्रो देश । हामी बनाउने छौ हाम्रो धरहरा र फेरी ठडिने छ हाम्रो शिर । हाम्रो आस्था र विचार अनि धैयर्ता कहिल्यै ढलेको छैन । यस महाभुकम्पले निधन हुनुभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली दिँंदै गर्दा के भन्छु भने तपाइँंहरु मर्नु भएको होइन । हामी नेपालीलाई ज्ञानको ढोका खोल्दिएर देश विकासका लागि सहादत प्राप्त गर्नुभएको हो । आत्तिनु हुन्न, विनास पछि विकास पक्का हुन्छ र हुनेछ । बिं.सं. १९९० को भूइँचालोबाट त्यतिबेलाको राणा शासन र त्यसपछिका सरकारले कुनै पाठ नसिकेपनि अब यो भुकम्पबाट हामी सबैले सिक्ने बेला भएको छ । सबैले दीर्घकालीन सजगता अपनाउने बेला भएको छ । जसले भोलिको हाम्रा सन्ततिको भविष्य सुरक्षित गर्नेछ । हामी कस्तो नेपाल चाहन्छौ, त्यो हाम्रै हातमा छ । हामी जागे , हामी लागे नेपाल फेरि उठ्नेछ,फेरि जाग्ने छ । हामि फेरि जुट्नु छ । हामी फेरि जाग्नु छ । हामीमा इच्छाशक्ति, गतिलो नीति, सरकार तथा स्थानिय जनताबिचको सहकार्य जरुरी छ । भौतिक संरचनाको निर्माण युद्धस्तरमा हुनु आवश्यक छ । हामी यसपटक नराम्रोसँग पछारियौंैैँ । तर लडेपछि लडेको लड्यै गर्ने नेपालीको बानी छैन अब उठ्दा हामी सदाका लागि उठ्ने छौं । मलाई अब विदेश बस्ने रहर मरिसक्यो तरपनि बाध्यताले बस्दैछु । यद्यपी विकृत र अस्तव्यस्त राजनीति अनि सोत्तर भएका त्यही बस्तीमा नयाँं बीउ रोपेर एक समृद्ध मुलुक बनाउनुछ।
– सगुन हुमागार्इं
हाल जर्मनी
प्रतिक्रिया