नेपाली टोली हिमान्चल प्रदेशको टिमसँग पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार १६:४९

ganenadraट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट तयारीका लागि भारत भ्रमणमा रहेको नेपाल तेस्रो अभ्यास खेलमा हिमान्चल प्रदेशको टिमसँग पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपाल हिमान्चलको टोलीसँग २४ रनले पराजित भएको हो । हिमान्चलले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १२ रन मात्र बनाउन सक्यो । नेपालका लागि सरद भेषवाकरले नटआउट ३६ तथा सुवास खकुरेलले २३ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । हिमान्चलका राघव धवनले तीन विकेट लिए । यसअभि पहिले ब्याटिङ गरेको हिमान्चलले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । हिमान्चलका अभिमन्यु रानाले २६, अमित ठाकुरले २३ तथा सुमित बर्माले २० रन बनाए । नेपालका करण केसीले तीन तथा सिद्धान्त लोहनीले दुई विकेट लिए । नेपालले यसअघि भएका दुई खेलमा हिमान्चललाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१