विद्यार्थीहरु विदेश पढ्न जानुभन्दा अगाडी सबै थोक बुझेर मात्र जानुपर्छ : शारदा रेग्मी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार १६:२१

अहिले नेपालमा धेरै कन्सल्टेन्सीहरु सञ्चालनमा आएका छन् । त्यसैंले पनि हो हरेक दिन एउटा न एउटा कन्सल्टेन्सीबाट विद्यार्थी ठगिरहेको खबर बाहिर आउने गर्दछ । यस विषयमा आजसम्म सरकारको ध्यान जान सकेको छैंन । तर कन्सल्टेन्सी सञ्चालकहरु भने आफुहरुले विद्यार्थीहरुलाई नठगी सेवा दिदैं आएको बताउँछन् तर विद्यार्थीहरु भने दिनानुदिन  ठगिएको खबर बाहिर आउने गरेको हुन्छ । यसैं विषयमा केन्द्रित रहेर लामो समय देखी विद्यार्थीहरुलाई अध्ययनको शिलशिलामा विदेशका विभिन्न मुलुकहरु पठाउदैं आएको SBSCNEPAL प्रमुख  शारदा रेग्मीसँग गरिएको कुराकानी :

१.एउटा महिला भएर काम गर्न कतिको गाह्रो सजिलो हुँदो रहेछ,अनि यहाँ सम्म आइपुग्न कस—कसले साथ दिए तपाईलाई ?
महिलाले केहि गर्न नसक्ने भने होइन । अहिले महिलाहरुले धेरै सफल र उत्कृष्ट काम गरेका छन् । अब विजनेशको सन्दर्भमा मैले मात्र होइन धेरै पुरुषहरुले पनि सहनु परेको छ । कहिले राम्रो त कहिले नराम्रो व्यबसायमा हुन्छ नैं । विजनेशका लागी मेरो सहयोग गर्ने व्यक्ति भनेको मेरो श्रीमान नैं हो । उहाँको प्रेरण र उहाँकै मार्गदिशामा हिडेँर म विजेशनमा अगाडी बढेको हुँ ।

sarada regmi २.सुरुमा तपाईको श्रीमानले विजेशन सम्हाल्न सिकाउनु भयो त्यसपछि अहिले श्रीमान विदेशमा रहनुहुन्छ । श्रीमान नहुँदाको अवस्थामा चाहि के कस्ता गाह्रो हुँदोरहेछ ?
सुरुमा श्रीमानले गरेको जस्तो त मैले गर्न सकेको छैंन । म एउटा गृहणी पनि हुँ मेरो ४ बजेपछिको समय घरपरिवारका लागी हुन्छ । र घरपरिवारसगैं विजनेशमा मैले अहिले जे जति गरेको छु त्यसमा म सन्तुष्ट छु । मलाई श्रीमानले हरक्षण हरपल सल्लाह सुझाब दिइरहनुहुन्छ । अहिले पनि मैले श्रीमानकै सल्लाह सुझाब अनुसारनै विजनेश समालिरहेको छु ।

३. ९ /१० बर्ष  अघि देखि  SBSCNEPAL ले  गर्दै आएको काम तपाईले  बिगत  ३ बर्ष देखि आफैले हेर्नुभएको छ ,तपाईहरुले सरकारबाट के अपेक्षा गर्नुभएको छ र सरकारले के गरिदियोस् भन्ने चाहानुभएको छ ?
यहाँ व्यापार व्याबसाय गर्न सजिलो छैन ,सरकारी प्रसासन राम्रो नभएकोले आगामी दिनमा काम गर्न सजिलो बातावरण बनोस्,संविधान चाडैं बनोस्, नेपालमा द्धन्द्ध नहोस्,बन्द हडताल नहोस्,संविधानमा सबैका हकहितका कुरा अटाओस् हामीले चाहाने पनि यति नैं हो सरकारबाट ।

४.बजारमा कन्सल्टेन्सीहरुले विद्यार्थीहरुबाट ठग्ने गरेका छन्,शुल्कको नाममा धेरै रकम असुल्ने गरेका छन् भन्ने खबरहरु बाहिर आउँछ तपाईलाई के लाग्छ यो विषयमा ?
विद्यार्थीहरु विदेश पढ्न जादाँ नठगिउन भन्ने उद्देश्यले हामीले सुरुमा नेका भन्ने संस्था सञ्चालन गरेका थियौं । मेरो श्रीमान नेकाको अध्यक्ष हुँदा खेरी इक्यानसँग मिलेर हामीले  दुई संस्था फरक हुनु हुदैंन हामी एउटैं संस्थामा रहनु पर्छ भनेर दुवैं वटा संस्था मर्ज गराउन मेरो श्रीमानको  ठुलो हात छ । र एउटा कुरा म ढुक्क भएर भन्न सक्छु मेरोमा आउँने विद्यार्थीहरु ठगिएर जादैंनन् ।

sarada regmi3५.तपाई संस्थाको अध्यक्ष समेत हुनुहुन्छ,विदेश पढ्न जाने विद्यार्थीहरुलाई तपाई के भन्न चाहानुहुन्छ ?
तपाईहरु पढ्नका लागी कुन देश जादैंहुनुहुन्छ त्यो विषयमा सुरुमा सबै कुरा बुझेर मात्र अगाडी बढ्नुस विदेश जादा कुन देश जादै हुनुहुन्छ इन्टरनेटको जमानामा सबै हेरेर मात्र जादा तपाईहरु ढुक्क हुने अवसर मिल्छ  । जुन देश जादैंहुनुहुन्छ त्यो देशको भाषाको ज्ञान हुन आवश्यक छ । गुगलमा विदेशी भुमीको बारेमा,कलेजको बारेमा,यूनिभर्सिटीको बारेमा जानकारी लिनु  आवश्यक छ । त्यसपछि कन्सल्टेन्सीमा पुगेर उनीहरुको सल्लाह सुझाबको पनि आवश्यक पर्छ । तर कुनै पनि कन्सल्टेन्सीको बारेमा केहि पनि जानकारी नराखी पढ्न जानु हुदैंन ।

६.तपाईको संस्थाले अहिले विद्यार्थीहरुलाई कुन कुन देशमा अध्ययनका लागी पठाउने गरेको छ ?
हामीले यूएस अष्ट्रेलिया जापान ,न्युजिल्यान्ड,साइप्रस, लगायतका  देशहरुमा पठाउने गरेका छौं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१