काठमाडौं,०१ असार । नेपालमा बैशाख १२ गते गएको महाभूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथा ३ सेन्टिमिटर दक्षिणपश्चिम तर्फ सरेको छ । भूकम्पको धक्कापछि उत्तरपूर्वी क्षेत्रका हिमालय श्रृंखलाहरु धकेलिएको वैज्ञानिकहरुलाई उधृत गर्दै चिनिया सन्चारमाध्यमहरुले दावी गरेका छन् । वैज्ञानिकहरुलाई उधृत गर्दै चीनका सन्चारमाध्यमले नेपालमा आएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पको धक्कापछि उत्तरपूर्वी क्षेत्रका हिमालय श्रृंखलाहरु धकेलिएको दावी गरेका छन् ।
चाइना डेलीले त्यहाँको राष्ट्रिय भौगर्भिक तथा मापन केन्द्रलाई उधृत गर्दै सगरमाथा बिगतका दशकहरुमा सगरमाथा ४० सेन्टिमिटर उत्तर पूर्वतर्फ सरेको दावी गरेको एएफएपीले जनाएको छ । समाचारमा जनाएअनुसार नेपालमै चैत २९ गते आएको दोस्रो भूकम्पले भने हिमालय श्रृंखलाहरुलाई भने केहि असर पारेको छैन । भूकम्पपछी आएको हिमपहिरोमा परि सगरमाथा क्षेत्रमा १८ जनाको मृत्यु भएको थियो ।भूकम्पपछी नेपाल र चीन दुवैले यस वर्षको सगरमाथा आरोहण रद्द गरेका थिए ।
प्रतिक्रिया