काठमाडौं, १ असार । नेपाल पत्रकार महासंघ एभिन्यूज प्रतिष्ठान शाखाले आज १२ बजेदेखि एभिन्यूज टेलिभिजनमा आन्दोलनको कार्यक्रम अगाडि बढाउने भएको छ । उद्योगपति भाष्करराज कर्णिकार स्वामित्वको टेलिभिजनभित्रको आन्दोलनमा नेपाल पत्रकार महासंघका अध्यक्षलगायतका पदाधिकारीदेखि एभिन्यूजमै कार्यरत पत्रकारसम्मले साथ दिने भएका छन् । राहतको नाममा संकलन भएको २ करोडभन्दा बढी रकम पीडितलाई हस्तान्तरण गर्न, नौ महिनाको तलब भुक्तानी गर्न, नियमित सेवा सुविधा बढाउन, नियुक्तिपत्रको अनिवार्य व्यवस्था गर्न दबाव दिने उद्देश्यकले आन्दोलन सुरु गर्न लागिएको पत्रकार महासंघ एभिन्यूज प्रतिष्ठान शाखाले जनाएको छ ।
एभिन्यूजका सञ्चालक भाष्करराज कर्णिकारलाई एभिन्यूजमा कार्यरत पत्रकार तथा कर्मचारीहरुले बाढीपिडित, पहिरो पिडित तथा भूकम्पपिडितका नाममा एभिन्युज टेलिभिजनले संकलन गरेको रकम पीडितलाई हस्तान्तरण नगरी सञ्चालन कर्णिकारले अपचलन गरेको आरोप लगाउने गरेका छन् । त्यस्तैं हिमालय टिभीमा दुई घण्टा धर्ना पछि एभिन्युज टेलिभिजनमा धर्ना दिने कार्यक्रम रहेको महासंघका सचिव ध्रुव लम्सालले जानकारी दिए । धर्नामा प्रेस चौतारी, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, महासंघका नेताहरु पनि सहभागी छन् ।
प्रतिक्रिया