मिलेमोतोमा नियम बिपरित कक्षा संचालन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार १०:१८

पर्वत,०१ असार । बिद्यालय संचालनको स्वीकृति नभएका कारण पर्वत जिल्लामा गत २ बर्ष अगाडी धेरै निजी बिद्यालयहरु बन्द भए । कतीपय बिद्यालयले स्वीकृति नपाई माथील्ला कक्षाहरु संचालन गरे पनि ति कक्षाहरु बन्द गरे । जिल्ला शिक्षा कार्यालयले उजुरी तथा अनुगमनका आधारमा बिना स्वीकृत तथा नियम पिपरित संचालन गरिएका निजी बोडिङ स्कृल र थप गरिएका कक्षाहरु बन्द गर्न लगायो । तर पर्वतको एक निजी बिद्यालय जसले सक्ता र शक्तिको आडमा र जिल्ला शिक्षा कार्यालयको मिलेमोतोमा अहिले सम्म बिना स्वीकृति माथील्ला कक्षाहरु संचालन गरेको खुल्न आएको छ ।
पर्वत जिल्ला माझफाँट गाविस ३ स्थित प्याराडाइज एकेडेमीले कक्षा ६ सम्म अनुमती लिएर ऐन बिपरित कक्षा ९ सम्म संचालन गर्दै आएको छ । स्थानीय बिद्याज्योती उच्च मा.वि.मा भर्ना भएको देखाएर आफुले ट्युसन पढाएको भन्दै व्यवसाय धान्दै आएको उक्त बिद्यालय प्रति जिल्ला शिक्षा कार्यालय समेत मौन देखिन्छ । स्थानीय बिद्याज्योती उच्च माबिले बोर्डिङ स्कृलका बिद्यार्थीको भर्ना देखाएर आफ्नो बिद्यालयको प्रतिशत उच्च राख्ने, संख्या धेरै देखाउने र बिद्यार्थीको नाउँमा प्राप्त हुने छात्रबृति तथा बिद्यार्थी संख्याको आधारमा जिल्ला शिक्षा कार्यालय मार्फत प्राप्त हुने अनुदान, पुस्तक लगायत बिभिन्न रकममा समेत चलखेल हुँदै आएको खुल्न आएको छ ।
schoolआफ्नो कक्षाको स्वीकृति नभएको कारण गत बर्षको जिल्ला स्तरिय परिक्षामा उक्त बोर्डिङका ८ कक्षाका विद्यार्थीहरुले बिद्याज्योती मा.वि. मार्फत परिक्षा दिए । बिद्यालयका प्रचार्य मुरारी शर्माले ति बिद्यार्थीहरु आफ्नै बिद्यार्थी भएको दावि गरे । बिद्यार्थीले परिक्षा दिनको लागी ७० प्रतिशत उपस्थिती अनिवार्य हुन्छ । तर प्राचार्य शर्माको भनाईले ति बिद्यार्थीको बिना उपस्थिती हाजिरी भैरहेको प्रष्ट हुन्छ । आफ्नो क्षेत्रमा नियम बिपरित बिद्यालय तथा कक्षा संचालन भएको पाएमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराउने तथा त्यस्ता खालका शैक्षिक बिकृतिलाई रोक्न गर्नेमा उल्टै प्राचार्य शर्मा समेतको मिलेमोतोमा संरक्षण गरेको आरोप छ ।
यसैबिच शिक्षा नियमावली विपरित कक्षा ९ सम्म कक्षा संचालन गरेकोले अनुमती विना कक्षा संचालन गर्दा सृजना हुने शैक्षिक विसंगती र बिकृति लाई ध्यानमा राख्दै अनुमती विनाका कक्षाहरु संचालन गर्नवाट रोक्न र शिक्षा नियमावली बमोजीम कानुनी कारवाहि गर्न भन्दै स्थानीय अमृत आदर्श आवाशिय मा.वि.ले गत बैशाख १० गते जिल्ला शिक्षा कार्यालयमा उजुरी दर्ता गराएको छ । तर जिल्ला शिक्षा अधिकारी श्रीप्रसाद गुरुङले उक्त बिद्यालयको बारेमा आफुलाई कुनै जानकारी नै नभएको बताएका छन् ।
गत २ बर्ष अगाडी नियम विपरित संचालन गरिएका जिल्ला भरका बिद्यालय बन्द भएपनि उक्त बिद्यालयले आफ्ना कक्षा संचालन गरिरहेको थियो । यस वारेमा स्रोत व्यक्तिवाट जानकारी हुँदा हुँदै जिल्ला शिक्षा अधिकारीले कुनै जानकारी नभएको भन्नु अहिलेका जिल्ला शिक्षा कार्यालय पर्वतको शिक्षा क्षेत्र प्रति ग्रैह् जिम्मेवार भएको प्रष्ट देखिन्छ ।
केवल आफ्नो जागीरको लागी मात्र काम गर्ने तर कुनै जिम्मेवारी लिन नचाहने अहिलेको जिल्ला शिक्षा अधिकारी गुरुङको कार्य शैलिको कारण आफुहरु आजित भएको कार्यालयका कर्मचारीहरको गुनासो छ । उक्त बिद्यालयको बारेमा पटक पटक गुनासो आएपछि तत्कालिन जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेले समेत पहल गर्न खोजेपनि बिभिन्न शक्तिको आडको कारण कार्यालयको प्रयास सफल नभएको कार्यालय स्रोतले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति कमलनयन आचार्यले बिभिन्न बहानामा अनियमित किसिमले स्वीकृति नपाएका कक्षाहरु संचालन गर्न नपाईने बताए । उक्त बोर्डिङ स्कुलका बिद्यार्थीहरुको सामुदायीक बिद्यालयको रजिष्टरमा नाम देखाएर टाल्ने गरेका छन् । स्रोत व्यक्ति आचार्यले अगाडी भने ‘मैले गत बर्ष देखी नै अनियमित तवरवाट बिद्यालय चलाउन र ढाकछोप गर्न पाउनुहुन्न भन्दै आएको छु ।’
बिद्यालय निरिक्षक बविता शर्माले त्यवारेमा आफु अनबिज्ञ रहेको बताउँछिन् । ‘अहिले त्यसवारेमा कुरा आएको हुँदा अव गएर अनुगमन गर्ने छु’ बिद्यालय निरिक्षक शर्माले भनिन् । अनुमगम गरेपछि त्यहाँको अवस्था जे छ त्यो बारेमा प्रातिवेदन कार्यालयमा पेश गर्ने शर्माको भनाई छ । स्रोतका अनुसार नियम बिपरित कक्षा संचालन भएकै कारण यस अधिका जिल्ला शिक्षा अधिकारी र बिद्यालय निरिक्षक बविता शर्मा पटक पटक कार्यालयका जिम्मेवार प्रतिनिधिहरु उक्त बिद्यालयमा पुगेका छन् । तर पनि आफुलाई कुनै जानकारी नभएको बताउनु र नियम विपरित संचालन भएका सम्पुर्ण बोर्डिङ स्कुल र कक्षा बन्द गराउन नसक्नुमा पुर्ण राजनैतीक सम्वन्ध रहेको जिल्ला शिक्षा कार्यालयकै जिम्मेवार कर्मचारीको आरोप छ ।
प्यारेडाईज एकेडेमीका प्रिन्सीपल रमेश बैरागीले आफुले ७ कक्षा सम्मको दाबि गरे । ‘७ कक्षा संचालनको स्वीकृतिको पत्र छैन् तर प्रकृयामा पुगेको छ’ बैरागीले भने । तर स्थानीय वासिन्दाले भने दैनीक रुपमा कक्षा सम्म बिद्यार्थी राखेर पठन पाठन गराउँदै आएको कुरालाई ढाँटेर कक्षा नै संचालन गरेका छैनौं भन्नु सुर्यलाई हत्केलाले ढाके सरह भएको बताउँछन् ।
स्थानीय अमृत आदर्श आवासिय माविका अध्यक्ष टेकबहादुर जि.सी.ले नियम बिपरित कक्षा संचालन गरेर शैक्षिक बिकृति फैलाएको आरोप लगाए । त्यसवारेमा जिल्ला शिक्षा कार्यालय, जिल्ला शिक्षा अधिकारी, लगायत सम्वन्धीत बिद्यालय निरिक्षक र स्रोत व्यक्ति समेतलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१