दहमा डुबेर ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७१, शुक्रबार १५:२३

उदयपुर, ९ जेठ  । उदयपुरको खाँबु ७ का ३० वर्षका छत्रबहादुर राना मगरको माछा मार्ने क्रममा बिहीबार राती दहमा डुवेर ज्यान गएको छ ।
राती घर नजिकैको अँधेरी खोलामा माछा मार्न जानेक्रममा बाटोमा पहिरोबाट चिप्लेर दहमा खस्दा राना मगरको ज्यान गएको हो ।
राँको बालेर छोरा तिलक राना र दाई सर्दबहादुर रानाको साथमा राना मगर माछा मार्न जानु भएको थियो । सँगै गएका दाई सर्दबहादुरले पौडी खेल्न नजान्दा समयमै भाइको उद्धार गर्न नसकिएको भन्दै दुःख मनाउन गर्नुभयो ।
गर्मी र खडेरी खेप्न नसकेपछि सितल पनि हुने र माछा पनि मारिने भन्दै परिवारकै सल्लाह अनुसार तीनै जना माछा मार्न गएको छोरा तिलकले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१