डा कृष्ण प्रसाद आचार्य
अधिकमासलाई पुरुषोत्तममास भनेर पनि भनिन्छ । किनभने अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुदैन ।
वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दिदेखि सोह्रौ शताब्दीसम्मका अभिलेखहरूमा आषाढमा र पौषमा मात्र अधिकमास पाइन्छ । पछि आएर भने अनादी वैदिक परम्परालाई छोडी तेह्रौ शताब्दीको सिद्धान्तशिरोमणीको ज्योतिषफलबाट अन्य महिनाहरूमा पनि अधिकमास परेको उल्लेख गरेको पाईन्छ । पतिगृहमा विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा बस्ता बुहारीले सासू पिर्ने, पहिलो क्षयमासमा बस्ता आफ्नै शरीरलाई पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, पैलो पुसमा बस्ता ससुरालाई पिर्ने पहिलो अधिकमासमा बस्ता पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्ता आफ्नै बाउलाई पिर्ने कुरा मुहूर्तमार्तण्डदिकामा पाईन्छ । मुहूर्तमार्तण्डको १६२८ संवत्मा र मूहूर्तचिन्तामणिको १६५७ संवत्मा रचना भएको हो । यस्ता हुने नहुने कुराको प्रतिपादन गर्ने अरु सबै ग्रन्थ यी ग्रन्थहरूभन्दा पछिका देखिन्छन् । वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा यस कुराको प्रतिपादित देखिदैँन ।
३६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ । सूयको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ । ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । यस्ता ग्रहगत अधिकमास र क्षयमासका समय समायोजन गर्ने कार्यहरूमा अन्न विभिन्न स्थानमा बेग्ला बेग्लै विधि र किसिम पनि पाईन्छ । यसै सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुदैन । यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास खासै यहि महिनामा हुन्छ भनेर हुदैन । चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।
मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।
हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो । ‘तीथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने प्रमाण पाईन्छ । क्षयमासकालगि भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ । त्यसमा पनि तिथिमानलाई दुई भागमा गरी तिथिको पूर्वाद्धमा जन्म वा मृत्यु त्यसको जन्म दिन वा मरणतिथि पहिलो महिनाको सोहि तिथि तथा उत्तराद्धमा जन्म वा मृत्यु भएमा पछिल्लो महिनाको समानपक्षको सोहि तिथि त्यसका लागि जन्मतिथि वा मरणतिथि हुने शास्त्रिय प्रमाण पाईन्छ ।
अधिक मासमा के गर्नु हुन्छ ? के गर्नु हुदैन ?
गर्न हुने-
वार्षिकी कार्य
दैनिक नित्य कर्म सधै गरेर ल्याइएका कर्म जस्तो दैनिक विहान बेलुकाको पूजा ।
पुरुषोत्तम पूजा कथा श्रवण
गर्न नहुने कार्य-
श्राद्ध तथा पितृकर्म
विवाह व्रतवन्ध, चूडाकर्म
सप्ताह, नवाह, महारुद्रि, शतचण्डी
शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुदैन जस्तो गृह प्रवेश , नयाँ कार्यको थालनी , यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ ।
अधिक मासमा विवाह गरेमा गृह सुख हुदैन गर्भाधान गरेमा बच्चा रोगी जन्मन्छ ।नव विवाहित दाम्पत्तीहरूकालागि अधिक मासमा अलग बस्नु राम्रो हुन्छ ।
अधिकमासमा मरेका व्यक्तिको मासिक र श्राद्ध कैले गर्ने?
अधिकमासमा मृत व्यक्तिको मासिक श्राद्ध १७ वटा गर्नुपर्छ। सोह्रवटा त सबैको हुने गर्दछ, अधिक मास भनेको एउटा चान्द्रमास बढी हुने सौर्य महिना हो। त्यही एउटा महिना मृत व्यक्तिको और्ध्वदेहिक कर्मसँग पनि गाँसिएको हुन्छ। सामन्यतया मलमास वार्षिक सूतक बारेको अवसरमा बिचमा परे पनि १७ वटा नै मासिक हुन्छन्, तर अधिक मासमैं मृत व्यक्तिको के गर्ने भन्ने सवाल सबै तिर उठ्ने गर्दछ। व्यवहारिक रूपमा यो अलि विशिष्ट पनि देखिन्छ।
अधिकमासमा सम्झनु पर्ने एउटै कुरो हो – अधिक शुक्लपक्षमा मरेका व्यक्तिको श्राद्ध अर्को वर्ष त्यही महिनाको शुक्लपक्षमा हुन्छ भने अधिक कृष्णपक्षमा मरेका व्यक्तिको श्राद्ध अर्को वर्षको एकमहिना पछिको कृष्णपक्षको तिथि समातेर गर्नुपर्दछ । त्यस्तै यसपाली मलमासको शुक्लपक्षमा मरेकाहरूको एकोद्दिष्ट श्राद्ध प्रत्येक वर्ष शुक्ल पक्षमा पर्ने तिथि समातेर र मलमासको कृष्णपक्षमा मरेकाहरूको एकोद्दिष्ट श्राद्ध प्रत्येक वर्ष कृष्ण पक्षको सम्बद्ध तिथि समातेर गर्नुपर्दछ । तर फेरि उही महिनामा नै मलमास पर्न आयो भने मलमासको सम्बद्ध तिथि समातेर एकोद्दिष्ट गर्नु पर्दछ।
अधिकमासमा धार्मिक व्यवस्था
एक संवत्सर प्राय: बार्ह महिनामा पूरा हुन्छ । अढाई वर्षमा तिथिको टुट भ·को कारण तथा ज्योतिषीय गणितद्वारा निर्धारित भएर एक संवत्सर बार्ह महिनाको सट्टा तेर्ह महिनाको हुन्छ जसलाई अधिक मास, मलमास वा पुरुषोत्तम मास पनि भनिन्छ । जुन महिनामा सूर्यको सङ्क्रान्ति पर्दैन त्यस मासलाई अधिक मास मान्ने परम्परा चलिआएको छ । अधिकमासमा शुभ धार्मिक कार्यहरू जस्तो विवाह, उपनयन, वास्तुपूजा आदि प्राय: नहुने हुँदा पनि देवी–देउताहरूको पूजा भने प्रशस्त गर्ने गरिन्छ । भगवान् पुरुषोत्तमले यसलाई आफ्नो नाम दिएर यसको महत्त्व प्रदर्शित गर्नुभएको छ । भगवान् पुरुषोत्तमले स्वयंलाई अधिकमासको स्वामी बनाएर यो महिना सबै महिनाको अधिपति हुनेछ भन्ने वरदान दिनुभएको छ ।
यो महिना जगत्मा पूज्य एवं वन्दनीय मानिएको छ । यस महिनामा जसले अधिकाधिक धार्मिक कार्य गर्नेछ उसको दु:ख–दारिद्रय नष्ट हुनेछ । यस महिनामा श्रीमद् भागवत कथाको आयोजन अत्यन्त फलदायक मानिन्छ । भाद्र महिनामा यदि अधिक मास परेको छ भने दूर्वाष्टमीको व्रत गर्ने शास्त्र निर्देशन रहेको पाइन्छ । भविष्य पुराणको अनुसार यस महिनामा उमा महेश्वरको षोडशोपचार पूजन गरेर सात प्रकारको पुष्प, फल, दूर्वा, नैवेद्य अर्पण गर्नाले धनार्थीलाई धन, पुत्रार्थीलाई पुत्र, कामार्थीलाई कामको प्राप्ति हुन्छ ।
अधिक मासमा गर्ने धार्मिक कृत्य व्रत, दान, पुण्य आदिका लागि भगवान् श्रीकृष्णले भन्नुभएको छ–यसको फलदाता,भोक्ता र अधिष्ठाता जम्मै म नै हुँ । यस महिनामा एकभुक्त, नक्त वा उपवासका साथै भगवान् भास्करको पूजन तथा कास्यपात्रमा अन्न वस्त्र भरेर दान गर्नु फलदायी हुन्छ । प्राचीनकालमा राजा नहुषलाई इन्द्र पद प्राप्त भएको थियो ।
घमण्डमा आएर उनले अगस्त्य ऋषिलाई आफ्नो पालकी बोक्ने काममा नियुक्त गरेका थिए । आफू पालकीमा चढी ऋषिलाई सर्प–सर्प (छिटो हिंड) भन्न थाले । आफ्नो यस्तो घृष्टताका कारण राजा नहुष आफैं सर्प बन्न पुगे । अन्तमा व्यासको आदेशानुसार राजा नहुषले अधिक मासको व्रत बसेर सर्पयोनिबाट मुक्त भएको कथा पुराणहरूमा वर्णित छ । यस व्रतको विधान पुराणहरूमा निम्नानुसार वर्णित छ ।
अधिकमास प्रारम्भ भएपछि सधैं बिहानै नुहाइधोई गरेर पवित्र भई विष्णुस्वरूप सहस्त्रांशुुसूर्य भगवान्को पूजन गर्नुपर्दछ । विविध प्रकारको घिउ, चाकु र अन्नको नित्य दान गर्नुपर्दछ तथा घिउ, चाकु तथा अन्नले बनेका तेतीसवटा पुवा कांस्यपात्रमा राखेर अधिकमासका तेतीसवटा देउताहरूका लागि–विष्णुरूपी सहस्त्रांशु: सर्वपाप प्रणाशन: । अपूपान्न प्रदानेन मम पापं व्यपोहतु।। मन्त्र उच्चारण गरेर प्रतिदिन वा आफ्नो सामथ्र्यअनुसार दान गर्नुपर्दछ । यस प्रकारले पूजाआजा गर्दा सबै प्रकारको धन्य–धान्य, पुत्र तथा परिवारको उन्नति हुन्छ ।
अधिकमासमा भनिन्छ सम्पूर्ण ब्रह्माण्डका देउताहरू बिहारको राजगृह भन्ने ठाउँमा भेला हुन्छन् तथा अधिकमासभरि त्यहाँ गएर त्यहाँ अवस्थित कुण्डहरूमा स्नान गर्नाले सम्पूर्ण पाप प्रक्षालन हुन्छ भन्ने जनश्रुति रहेको छ । अधिकमासभरि त्यहाँ भारतका विभिन्न प्रान्तहरूका साथै नेपालका विभिन्न ठाउँबाट पनि तीर्थयात्रुहरूको व्यापक जमघट लाग्ने गरेको कुरा यस पङ्क्तिकारले पनि स्वयंले अनुभव गरेको छ । राजगृह खासै भन्ने हो भन्ने बौद्ध तथा जैनहरूको प्रामाणिक तीर्थस्थल हो किनभने गौतम बुद्धले निर्वार्ण प्राप्त गरेपछि आफ्ना अनुयायीहरूका लागि गरेको प्रथम धर्मोपदेशको ‘गृधकूट’ भन्ने स्थान त्यही रहेको छ । त्यस्तै जैन तीर्थड्ढरहरूको पनि विभिन्न मठ–मन्दिर त्यहाँ अवस्थित छ ।
जापानी, चिनियाँ, कोरियन, श्रीलड्ढन आदि बौद्ध धर्मावलम्बीहरूका विशाल तथा दर्शनीय मन्दिरहरू त्यहाँ अवस्थित छन् । ती मन्दिरहरूको पूजाआजा गर्ने विधिविधान तथा सरसफाइ विशेष गरेर ेआल्हादकारी तथा पावन रहेको कुरा सजिलै हृदय·म गर्न सकिन्छ ।अधिकमासको अवसरमा दक्षिण भारतको जगन्नाथजीको मन्दिरमा पनि महिना दिनसम्म ठूलो मेला लाग्दछ । जगन्नाथजीको अर्को नाम पुरुषोत्तम पनि हो । अधिकमासलाई पुरुषोत्तम मास पनि भन्ने गरिने हुँदा पुरुषोत्तम भगवान्को पूजन अर्चनका लागि भारतीय भूमिका साथै नेपालबाट पनि तीर्थालुहरूको व्यापक भीड पुग्ने गर्दछ ।
त्यहाँको विशेषतामा जगन्नाथजीको साथै महोदधि (समुद्र)को दर्शन पनि गर्न सकिन्छ । त्यस समुद्रमा आउने ज्वार–भाटामा दर्शनार्थीहरू लहरको आनन्द लिन औंधी रमाउँछन् । नेपाली जनमानसका लागि त्यहाँको समुद्रको दर्शन तथा लहरको अवलोकनका साथै त्यहाँबाट पैंतीस कि.मि. टाढा
रहेको कोणार्कको विश्वप्रसिद्ध अति दुर्लभ सूर्य मन्दिरको दर्शन पनि उपलब्धिमूलक हुन्छ ।
ज्योतिष शास्त्र अनुसार
पतिगृहमा विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा बस्ता बुहारीले सासू पिर्ने, पहिलो क्षयमासमा बस्ता आफ्नै शरीरलाई पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, पैलो पुसमा बस्ता ससुरालाई पिर्ने पहिलो अधिकमासमा बस्ता पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्ता आफ्नै बाउलाई पिर्ने कुरा मुहूर्तमार्तण्डदिकामा पाईन्छ । मुहूर्तमार्तण्डको १६२८ संवत्मा र मूहूर्तचिन्तामणिको १६५७ संवत्मा रचना भएको हो । यस्ता हुने नहुने कुराको प्रतिपादन गर्ने अरु सबै ग्रन्थ यी ग्रन्थहरूभन्दा पछिका देखिन्छन् । वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा यस कुराको प्रतिपादित देखिदैँन ।
३६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ । सूयको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्ति देखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ ।
ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । यस्ता ग्रहगत अधिकमास र क्षयमासका समय समायोजन गर्ने कार्यहरूमा अन्न विभिन्न स्थानमा बेग्ला बेग्लै विधि र किसिम पनि पाईन्छ । यसै सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुदैन । यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास खासै यहि महिनामा हुन्छ भनेर हुदैन । चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।
मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ ।
यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो । ‘तीथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने प्रमाण पाईन्छ । क्षयमासकालगि भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ । त्यसमा पनि तिथिमानलाई दुई भागमा गरी तिथिको पूर्वाद्धमा जन्म वा मृत्यु त्यसको जन्म दिन वा मरणतिथि पहिलो महिनाको सोहि तिथि तथा उत्तराद्धमा जन्म वा मृत्यु भएमा पछिल्लो महिनाको समानपक्षको सोहि तिथि त्यसका लागि जन्मतिथि वा मरणतिथि हुने शास्त्रिय प्रमाण पाईन्छ ।
मलामास अन्तिम भाग
सूर्यसिद्धान्तानुसार मन्दोच्च गति :–
“प्राग्गतेः सूर्यमन्दस्य कल्पे सप्ताष्टवàयः” यो सूर्यसिद्धान्तको वचन अनुसार एक कल्प (४३२००००००० वर्ष) मा ३८७ भगण मात्र हुन्छ । कमलाकर भट्ट सौरमतानुयायी भएकाले उनले पनि सूर्यको मन्दोच्च भगण एक कल्पमा ३८७ लाई नै स्वीकार गरेका छन् । यसलाई आधार मान्दा एक राशि (३००) भ्रमण गर्न ९३०२३२.५५८१ वर्ष र १२ राशि (३६००) भ्रमण गर्न १११६२७९०.७ वर्ष लाग्दछ । यसरी लाखौं वर्षपछि मात्र कार्तिकादि ३ महिना बाहेक अन्य महिनामा पनि क्षयमास पर्न सक्ने र सयौं वर्षमा पनि मन्दोच्च समान देखिने भएकाले तात्कालिक मन्दोच्चलाई आधार मानी भास्काराचार्यले र धर्मशास्त्रका प्रणेताहरूले पनि क्षयमास कार्तिकादि तीन महिनामा सम्भव हुने कुरा लेखेको हुनु पर्दछ ।
अधिकमासको उदाहरण :–
जस्तै वि.सं.२०६७ बैशाख कृष्ण अमावस्याका दिन मेषसंक्रान्ति परेको थियो, त्यसपछि बैशाख शुक्ल प्रतिपदादेखि ज्येष्ठ कृष्ण अमावस्यासम्मको बैशाख महिनामा वृषसंक्रान्ति परेन र ज्येष्ठ शुक्ला द्वितीयाका दिन मात्र वृषसंक्रान्ति परेको थियो । संक्रान्ति नपरेको बैशाख शुक्ल र ज्येष्ठ कृष्ण मिलेर बनेको बैशाख महिना अधिक महिना भयो ।
क्षयमासको उदाहरण :–
वि.सं.२०३९ पौष कृष्ण अमावस्याको घट्यादि समाप्त भएपछि पौष शुक्ल प्रतिपदामा मकरसंक्रान्ति परेको छ । त्यसपछि पुनः माघकृष्ण अमावस्यामा कुम्भसंक्रान्ति परेको छ । पौष शुक्ल प्रतिपदादेखि माघ कृष्ण अमावस्यासम्म रहने पौष महिनामा दुईओटा संक्रान्ति परेकाले यो पौषमास (पौष शुक्ल र माघ कृष्ण) क्षयमास भएकाले पञ्चाङ्कमा लेखिएको छैन । क्षय भएको पौष शुक्ल र शुद्ध माघ शुक्ल पक्षलाई उभयात्मक माघ शुक्ल पक्ष तथा क्षय भएको माघ कृष्ण र शुद्ध फाल्गुन कृष्णलाई उभयात्मक फाल्गुन कृष्ण भनिन्छ ।
जस्तै –एकस्मिन् मासे संक्रान्तिद्वये जाते सति मासयुगलं जातम् । (सिद्धान्त शिरोमणि)
द्विसंक्रान्ति युक्तस्य क्षयस्य मासद्वयेन परिगणनात् । (स्मृतिमुक्ताफल, श्राद्धकाण्ड)
क्षयमासो माससंज्ञा प्रयोजक संक्रान्तिद्वययुक्तत्वात् मासद्वयात्मकः । (जयसिंह कल्पद्रुम)
यत्रमासि रविसंक्रमद्वयं तत्र मासयुगलं क्षयाàयम् । (रत्नावली)
मासद्वयोदितं कर्म तत्कुर्यादिति निर्णयः । एकस्मिन् मासि मासौ द्वौ
यदि स्यातां तयोद्र्वयोः । तावेव पक्षौ ता एव तिथयस्त्रिंशदेव हि ।। (मदनरत्नोद्धृत स्मृत्यन्तर वचन)
एक एव यदा मासः संक्रान्तिद्वयसंयुतः । मासद्वयगतं श्राद्धं मलमासेड्डपि शस्यते ।। (सत्यव्रत)
क्षयमासभन्दा पूर्व र पश्चात्का अधिमासको उदाहरण :–
जहिले क्षयमास पर्दछ त्यो भन्दा पहिलाका तीन महिना भित्र एउटा अधिमास र पछिका तीन महिना भित्रमा अर्को अधिमास पर्दछ
जस्तै –२०३९ सालको पौष महिनामा परेको क्षयमासभन्दा तीन महिना पहिल्यै आश्विन कृष्ण अमावस्यामा कन्या संक्रान्ति थियो र आश्विन शुक्ल र कार्तिक कृष्ण (आश्विनमास) मा तुलासंक्रान्ति नपरी कार्तिक शुक्ल प्रतिपदामा परेकाले आश्विनमास असंक्रान्ति भएकाले अधिक भएको थियो । क्षयमास पछि पुनः तीन महिना भित्रै फाल्गुन कृष्ण अमावस्यामा कुम्भसंक्रान्ति परेपछि फाल्गुन शुक्ल र चैत्रकृष्ण (फाल्गुनमास) मा संक्रान्ति नपरेको र चैत्र शुक्ल प्रतिपदामा मीन संक्रान्ति परेकाले फाल्गुन अधिकमास भएको थियो ।
मलमासका भेद :–
क्षयमासभन्दा पहिला आउने अधिकमासलाई संसर्पमास, क्षयमासलाई शून्यमास र अहंस्पति तथा क्षयमासोत्तर अधिकमासलाई मलिम्लुचमास भन्दछन् । तैतिरीय संहिता– (१।४।१८) मा अधिकमासलाई संसर्पमास, बाजनेयसंहिता– (७।३०) मा अहंस्पति र (२२।३०मा) मलिम्लुच भनिएको छ । कश्यपऋषिले अधिकमासलाई संसर्प र क्षयमासलाई अहर्पति (अहंस्पति) नाम दिएका छन् । जस्तै (
यस्मिन्मासेड्डर्कसंक्रान्तिर्दर्शनात्प्राक्पुरःसरम् ।
दर्शमुल्लंध्य भवति स संसर्पोड्डधिमासकः ।। (मुहूर्त चिन्तामणि, संक्रान्ति प्रकरण पीयूषधारा टीका)
आगामीन्दुक्षयस्यान्तात्प्राङ्न्यूनाख्यस्;वहर्पति ।।
मुहूर्त चिन्तामणिको पीयूषधारा टीकाकार गोविन्दले क्षयमास पूर्ववर्;ाीलाई अहंस्पति भनेका छन् । (महूर्त चिन्तामणि, शुभाशुभ प्रकरण)अधिकांशले क्षयमास पूर्ववर्ती अधिकमासलाई संसर्पमास भनेका छन् । यसका दुईओटा भेदछन् ।
१. अव्यवहितपूर्व र २. व्यवहितपूर्व ।
यदि संसर्पमासको लग;ौ क्षयमास प¥यो भने अर्थात् अधिकमास र क्षयमास संलग्न भएमा यो संसर्पमासलाई अव्यवहितपूर्व भन्दछन् । यदि यी दुईओटाको बीचमा अरुमास परे भने त्यो संसर्पमहिनालाई व्यवहितपूर्व संसर्पमास भन्दछन् ।
क्षयमासपूर्ववर्ती संसर्पमासमा अधिकमास सम्बन्धी कृत्य अपूपदान, पुरुषोत्तम व्रतादि निषेध गरिएको छ । पुरुषोत्तममास सम्बन्धी धर्मकृत्य क्षयमासोत्तर अधिमासमा गर्नु पर्दछ । जस्तै –
एकास्मिन्नपि वर्षे चेद् द्वौ मासावधिमासकौ ।
पूर्वोमासः प्रशस्तः स्यादपरस्त्वधिमासकः ।। (सि.शि., मरीचि टीका)
क्षयमास पूर्ववर्ती संसर्पमासलाई शुभ र उत्तरवर्तीलाई अधिमास भनिएकाले अधिमास सम्बन्धी कार्य उत्तरवर्ती अधिमासमा गर्नु उपयुक्त मानिएको छ ।
मलमास गर्न सकिने कर्महरू :–अरु समयमा गर्न सम्भव नहुने कर्महरूलाई अनन्य गति कर्म भनिन्छ । त्यस्ता नित्य–नैमित्तिक, काम्यकर्म, जातकर्मादि अन्नप्राशनान्त कर्म, गर्भाधान, ज्वर आदि रोगको शान्ति, गयाश्राद्ध, अलभ्य योगमा गरिने श्राद्ध र व्रत, निन्य–नैमित्तिकप्रायश्चित्त,नित्यश्राद्ध, ऊनमासिक आदि श्राद्ध, दशंश्राद्ध, चन्द्रसूर्यग्रहणको स्नान दान र जप यो मलमासभन्दा पूर्व प्रारम्भ गरिएका समाप्त नभएका कर्म, पूजा लोप हुने, अवस्थामा मूर्तिको प्राण प्रतिष्ठा आदि अनन्य–गति कर्महरू मलमासमा पनि गर्न योग्य हुन्छन् ।
जस्तै –मासप्रयुक्तकार्येषु मूढत्वं गुरुशुुक्रयोः ।
नदोषकृन्मलोमासो गुर्वादित्यंदिकं तथा ।। (बृहस्पति)
चन्द्रसूर्यग्रहे स्नानं श्राद्धदानजपादिकम् ।
कार्याणि मलमासेड्डपि नित्यं नैमित्तिकं तथा ।। (यम)
सीमान्तजातकादीनि प्राशनान्तानि यानि वै ।
न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।। (मुहूर्त चि., पी.टी.शुभाशुभ प्रकरण)
मलमासमा गर्न नहुने कर्महरू :–
जलाशय, बगैचा र गृहनिर्माण, प्रतिष्ठा, गृहप्रवेश, एकादशी आदि व्रतहरूको आरम्भ र उद्यापन, वधूप्रवेश, षोडशमहादान, सोमयाग,अष्टकाश्राद्ध, गोदान, केशान्तकर्म, नवान्नप्राशन, उपनयन पछि प्रथम पटक गरिने श्रावणी कर्म, वेदव्रत, काम्यवृषोत्सर्ग, समयमा न भएका बालकका जातकर्मादि संस्कार, देवस्थापन, मन्त्रग्रहण, मुण्डन, उपनयन, विवाह, सर्वप्रथम कुनै देवता या तीर्थको दर्शन, सन्यास ग्रहण,अग्न्याधान, राजदर्शन, राज्याभिषेक, चतुर्मासयाग, समावर्तन, कर्णवेध र तप्तमाषादिरूपा दीव्यपरीक्षा यी सबै कर्महरू मलमासमा र बृहस्पति तथा शुक्र बाल, बृद्ध र अस्त भएको समयमा त्याज्य छन् । (मु.चि.शुभाशुभ प्रकरण)
क्षयमास सम्बन्धित जन्म र मृत्युतिथिको निर्णयः–
जसको जन्म वा मरण क्षयमासमा हुन्छ तिनीहरूको वर्धापन (जन्मोत्सव), तिथ्युत्सव, मृत्युतिथि र श्राद्धतिथिको तिथि ग्रहण गर्नुपर्दा क्षयमासको तिथिको पूर्वाद्र्धमा जन्म वा मृत्यु भएमा पहिलो महिनामा र उत्तराद्र्धमा भए क्षयमासोत्तरवर्ती चान्द्रमास ग्रहण गर्नु पर्दछ । जस्तै –
तिथ्यर्धे प्रथमे पूर्वो द्वितीयेड्डर्धे तदुत्तरः ।
मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ ।। (सि.शि., मरीचि टीका)
उदाहरण – वि.सं.२०३९ सालमा पौष शुक्ल र माघकृष्णले बन्ने पौषमास क्षय भएको थियो । त्यसैले पौष शुक्ल र माघकृष्ण पञ्चाङ्कमा लेखिएको छैन । पौष कृष्ण पछि एकैचोटि माघशुक्ल लेखिएको छ । यो माघशुक्ललाई पौषशुक्ल र माघशुक्ल उभयात्मक पक्ष भनिन्छ । यस पक्षको प्रत्येक तिथिको पूर्वाद्र्धमा जन्मेका वा मृत्यु भएका व्यक्तिहरूको तिथि ग्रहण गर्दा पौषशुक्ल पक्षका त्यही तिथि र उत्तरार्धमा भए माघशुक्लपक्षका तिथि ग्रहण गर्नुपर्दछ । यस्तै प्रकारले उक्त क्षयमासको दोस्रो पक्ष अर्थात् माघ माघफाल्गुनोभय कृष्ण पक्षको कुनै तिथिको पूवाद्र्धमा जन्म वा मृत्यु भएमा माघ कृष्ण पक्ष तथा उत्तराद्र्धमा भए फाल्गुन कृष्ण पक्षको सोही तिथि हुनेछ ।
मलमासमा पर्ने श्राद्ध–निर्णयः–
जो चैत्र आदि मलमासमा मेरका छन् र कदाचित् त्यही चैत्र आदि मलमास प¥यो भने तिनीहरूको वार्षिक श्राद्ध मलमासमा नै गर्नु पर्दछ । शुद्धमासमा मरेकाको वार्षिक श्राद्ध मलमासमा नगर्नु, किन्तु शुद्धमासमा नै गर्नु पर्दछ । शुद्धमासमा मरेकाको प्रथम वार्षिक श्राद्ध मलमास पर्न गयो भने मलमासमा नै गर्नु शुद्ध मासमा गर्नु हुँदैन । द्वितीय आदि वार्षिक श्राद्ध भने शुद्धमासमा नै गर्नु पर्दछ । एकादशाह पर्यन्त कर्म र सपिण्डीकरण त मलमासमा पनि गर्नु पर्दछ ।
द्वितीय मासिक आदि श्राद्ध त मलमास र शुद्धमास दुवै वा आवृत्तिले गर्नु पर्दछ । द्वादशमासिक अधिमासमा प¥यो भने मलमास र शुद्धमासमा दोहो¥याएर गर्नु पर्दछ । त्यस पछि उनाद्वकालमा उनाद्विक गरी अर्को महिनामा प्रथम वार्षिक गर्नु पर्दछ । जुन वर्षमा क्षयमासको साथसाथै पछाडि अधिकमास प¥यो भने जस्तै – कार्तिक अधिमास त्यस पछिको मास क्षयमास प¥यो भने कार्तिक महिनाको प्रति वार्षिक श्राद्धको पहिला अधिमासमा र पछिको क्षयमासमा गर्नु पर्दछ । क्षयमास अव्यवहित पूर्वमास अधिक मास परेमा जस्तै क्षयमास अव्यवहित आश्विन अधिमास भएमा आश्विन मासको श्राद्ध अधिक र शुद्ध दुबैमा गर्नु पर्दछ । व्यवहित क्षयमासको वार्षिक श्राद्ध भने क्षयमासमा नै गर्नु । (धर्मसिन्धु) ।
गतागत क्षयमासका सम्भव वर्षहरू : –भास्कराचार्यको जन्म शकसम्वत् १०३६ मा भएको थियो । उनले ३६ वर्षको उमेरमा सिद्धान्त शिरोमणि ग्रन्थको रचना गरेका थिए ।
उनले रचना गरेको सिद्धान्त शिरोमणिको अधिमासादिनिर्णयाध्यायमा लेखे अनुसार शकसम्वत् ९७४ मा क्षयमास परेको थियो र त्यसपछि १११५, १२५६ र १३७८ शकसम्वत्मा क्षयमास पर्नेछ भनी उल्लेख गरेका छन् । त्यो क्रमलाई हेर्दा ९७४ पछि पहिलो र दोस्रो पटक (९७४ + १४१ = १११५, १११५ + १४१ = १२५६) १४१ वर्षमा पर्ने र तेस्रो पटक (१२५६ + १२२ = १३७८) १२२ वर्षमा पर्ने देखिन्छ । तर उनले १२२ वर्षमा पर्ने देखाए पनि १२२ वर्ष पछि पर्ने कुराको उल्लेख गरेका छैनन् । प्रायः १४१ वर्षमा र कहिले काँही १९ वर्षमा पर्ने मात्र लेखेका छन् । यहाँ १२२ वर्षमा पनि पर्छ भनेर लेख्नु पर्ने थियो ।
सिद्धान्त शिरोमणिका मरीचि भाष्यकार मुनीश्वरले अधिमासादिनिर्णयाध्यायको आफ्नो भाष्यमा शक् १६०३ र १७४४ मा क्षयमास अवश्य पर्नेछ भनेर लेखेका छन् । त्यो समयमा क्षयमा परे नपरेको उल्लेख भेटिदैन । १६०३ पछि १७४४ मा परेको भए १४१ वर्ष पछि क्षयमास परेको देखिन्छ । त्यसपछि १४१ वर्षको क्रमले शक १८८५– (वि.सं.२०२०) मा पर्ने र त्यसको १९ वर्ष पछि शक् १९०४– (वि.सं.२०३९) मा पर्ने देखिन्छ । शक १८८५– (वि.सं.२०२०) मा मार्गशुक्ल र पौष कृष्णले बनेको मार्गमास क्षय भएको थियो ।
त्यसपछि १९ वर्षमा शक १९०४– (वि.सं.२०३९) मा पौष शुक्ल र मार्गकृष्णले बनेको पौषमास क्षय भएको थियो । यसरी शक १६०३ पछि १९०४सम्मका क्षयमासको क्रम भास्करोक्तक्रमले यथार्थ भएको देखिन्छ । शक १६०३ भन्दा पूर्व शक १३७८ सम्मको क्षयमासको उल्लेख स्पष्ट रूपमा भेटिदैन र भास्करोक्त क्रम पनि मिल्दैन । भास्करोक्त क्रमलाई आधार मान्दा उनले १९ वर्षमा कहिले काँही मात्र पर्ने र त्यसपछि १२२ या १४१ वर्षमा पर्ने देखिन्छ । यसरी आगामी क्षयमास शकसम्वत् २०२६ वा २०४५ मा पर्न सक्दछ । …
सन्दर्भग्रन्थ सूची
१. आचार्य, भास्कार, सिद्धान्त–शिरोमणि, वाराणसीः सम्पूर्णानन्दसंस्कृतविश्वविद्यालय, ई.१९८१ ।
२. शास्त्री, कपिलेश्वर (सम्पादक), सूर्य–सिद्धान्त, वाराणसीः चौखम्बा संस्कृत संस्थान, वि.सं.२०४४ ।
३. उपाध्याय, काशीनाथ, धर्म–सिन्धु, खेमराज श्रीकृष्णदास, “श्री वेङ्कटेश्वर” स्टीमप्रेस, बम्बई ४, सं.२०४१ ।
४. भट्ट, कमलाकर, सिद्धान्त–त;वविवेक (भाग १), सम्पूर्णानन्दसंस्कृतविश्वविद्यालय, ई.१९८१ ।
५. जोशी, केदारदत्त (सम्पादक), सिद्धान्त–शिरोमणि, वाराणसीः काशीहिन्दूविश्वविद्यालय, वि.सं.२०१८ ।
६. जोशी, केदारदत्त (सम्पादक), मुहूर्त–चिन्तामणि, (पीयूषधारा टीका) वाराणसीः मोतिलाल बनारसीदास (द्वितीय संस्करण), ई. १९८८ ।
७. गुप्त, जगजीवनदास, ज्योतिस–रहस्य (द्वि.ख.), वाराणसीः मोतिलाल बनारसीदास, ई.१९९६ ।
८८८
– See more at: http://www.dibyajyotish.org/2015/06/2192/#sthash.5QLfXp79.9yf7Jutm.dpuf
प्रतिक्रिया