गर्भ रोक्ने चक्कीको बिक्री ह्वात्तै बढ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार ०७:०३

बनेपा – भूकम्पपछि त्रिपाल र टहरामा बस्दै आएका असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन गर्ने बढेका छन् । यस्तो चक्कीको बिक्री बढ्दै गएको काभ्रेका स्वास्थ्यकर्मीले बताए ।

बनेपास्थित चण्डेश्वरी मेडिकल हलका असिन वैद्यले भने,‘भूकम्पअघिको तुलनामा अहिले आकस्मिक गर्भ रोक्न चक्कीको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । परिवारनियोजनका अन्य साधनको तुलनामा गर्भनिरोधक चक्की बढी बिक्री हुने गरेको छ ।’ उनका अनुसार चक्की किन्न दैनिक १५ देखि २० जना आउने गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार विशेषगरी उच्चमावि तथा क्याम्पस पढ्ने उमेरका युवतीले असुरक्षित सम्बन्धबाट गर्भ निरोधक चक्की प्रयोग गर्ने गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१