फुट्यो बैद्य नेतृत्वको ‘३३ दलीय मोर्चा’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १६:५९

काठमाडौं,३२ जेठ । मोहन बैद्य अध्यक्ष रहेको नेकपा-माओवादी नेतृत्वको ‘३३ दलीय मोर्चा’औपचारिक रुपमा फुटेको छ । ३३ दलीय मोर्चाले माओवादी अध्यक्ष मोहन बैद्य र शोभाराम थापाले मोर्चाको नीति विपरित काम गरेको भन्दैं मोर्चा फुटेको हो ।

mohanयस्तो छ मोहन वैद्यले हस्ताक्षर गरेको विज्ञप्ति :

३३ दलीय मोर्चाको नीतिविपरीत र भ्रमपूर्ण गतिविधिमा लागेकोले राष्ट्रिय एकता मञ्चका शोभाराम थापालाई निस्कासन गर्ने ।

हालै भारत र चीनबीच भएको सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप भएको ठहर गरी त्यसको विरोध गर्ने तथा भारत र चीनलाई उक्त सम्झौता सच्याउन माग गर्ने ।

महाविनाशकारी भूकम्पबाट भएको क्षति र पीडित जनतालाई उचित राहत र बसोबासको व्यवस्थापनमा नेपाल सरकारले एकातिर ढिलाई र अर्कोतिर अनियमितता तथा भ्रष्टाचारसमेत भइरहेको सन्दर्भमा केन्द्रदेखि स्थानीय स्तरसम्म सम्पूर्ण क्रियाशील राजनीतिक दलको सर्वदलीय संयन्त्र बनाई बिनाबिलम्ब राहत, तत्कालीन बसोवास र दीर्घकालीन रूपमा पुनर्निर्माणको योजना बनाउने र सम्पूर्ण कामलाई पारदर्शी बनाउन माग गर्ने ।

कथित दोस्रो संविधानसभाबाट जनताको संविधान नबन्ने ३३ दलीय मोर्चाको भनाई १६ बुँदे चार दलीय सहमतिले पुष्टि गरेको सन्दर्भमा सर्वपक्षीय राजनीतिक सभा र सहमतिको संयुक्त राष्ट्रिय सरकारको गठनले मात्र देशको अग्रगामी राजनीतिक निकास निस्कने ठहर गरेको छ ।

परिवर्तित स्थितिमा ३३ दलीय मोर्चाको कामलाई अझ नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकतालाई महशुस गर्दै अर्को बैठकमा सोबारे छलफल गर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१