तिन पार्टीको एकता,अध्यक्षमा यादव, संसदीय दलको नेतामा राई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १५:४७

काठमाडौं,३२ जेठ । मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस राष्ट्रिय समावेशी पार्टीबीच एकता भएको छ । तीन दल मिलेर नयाँ पार्टीको नाम ‘संघीय समाजवादी फोरम’ राखिएको छ । सोह्रखुट्टेको नेवा ब्याङ्क्वेटमा एकता घोषणा गरिएको हो । एकतापछि बनेको पार्टी संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह मसाल रहनेछ । एकीकृत पार्टीको अध्यक्षमा अध्यक्ष उपेन्द्र यादव छन् भने अशोक राई वरिष्ठ नेतासँगै संसदीय दलको नेता पनि हुनेछन् । पार्टी एकीकरणसँगै फोरम १५ सभासद्सहित संविधानसभाको पाँचौँ ठूलो दल बनेको छ । अहिले विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पाँचौँ ठूलो दल छ ।

upendra and ashok raiनयाँ पार्टीको केन्द्रीय समिति एक सय ९६ सदस्यीय बनाइने गरी पद बाँडफाँड गरिएको छ । सहअध्यक्ष संघीय समाजवादीले पाउनेछ । त्यस्तै, पाँच उपाध्यक्षमा फोरम र संघीय समाजवादीबाट दुईरदुई र खस समावेशी राष्ट्रिय पार्टीबाट एक बनाइनेछ । महासचिव पद फोरमले लिनेछ । दुई उपमहासचिव पद फोरम र समाजवादीले एकरएक लिने भएका छन् । सहअध्यक्षमा संघीय समाजवादीले राजेन्द्र श्रेष्ठलाई पठाउने लगभग पक्का भएको छ । सहमतिअनुसार तीन सचिवमा फोरम, समाजवादी र खस समावेशीले एक एक राख्नेछन् । कोषाध्यक्ष फोरमको भागमा परेको छ । एकता घोषणापूर्व सबै पार्टीले आ–आफ्नो भागमा परेका पदका लागि नेताहरू सिफारिस गर्नेछन् । एक सय ९६ सदस्यीय केन्द्रीय समितिमा फोरमका ९१, समाजवादीका ९० र खस समावेशी पार्टीका १५ सदस्य हुनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१