राखेपको जिम्मा शकुन्तला नगरकोटीलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १४:०१

nationalकाठमाडौं, ३२ जेठ । राष्ट्रिय खेलकुद परिषदको कायम मुकायम सदस्यसचिवको जिम्मेवारी शकुन्तला नगरकोटीलाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयले परिषदको सदस्य नगरकोटीलाई अर्को व्यवस्था नभएसम्मको लागि कायम मुकायम सदस्य सचिवको जिम्मेवारी तोकेको हो । नगरकोटीले सोमबार नै मन्त्रालयबाट पत्र बुझी आफ्नो कार्यभार समाल्नेछिन । ४ वर्षे कार्यकाल सकाएर निवर्तमान सदस्यसचिव युवराज लामाले गत शुक्रबारबाट बिदा लिएपछि परिषदमा सदस्यसचिव पद रिक्त थियो । मन्त्रिपरिषदबाट नयाँ सदस्यसचिवको नियुक्तीमा ढिलाई हुने भएपछि परिषदको दैनिक कार्य सन्चालनमा बाधा नपुगोस भनेर नगरकोटीलाई कार्यवाहक जिम्मेवारी दिइएको खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१