रक्त सञ्चार सेवा भवन निर्माण पूरा गर्न एक लाख प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १३:५३

bloodbank_20150420074051काठमाडौं,३२ जेठ । झापाको बिर्तामोडस्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा भवन निर्माण पूरा गर्नका लागि स्व. सिके प्रसाईं र श्रीमती गिरीराजकुमारी प्रसाईंको नाममा प्रसाईं परिवारले एक लाख रुपैया प्रदान गरेको छ । आज सोमबार एक कार्यक्रमका बीच विवेक केशरी प्रसाईं र संगीता प्रसाईंले आफ्ना माता पिताको नाममा उक्त रकम रेडक्रस झापाका सभापति लोकराज ढकाल र बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीलाई संयुक्त रुपमा हस्तान्तरण गरे । भवन निर्माणका लागि जिल्ला शाखाले १० लाख रुपैयाँ उपलब्ध गराएको र २२ लाख भन्दा बढी रकम बिर्तामोड क्षेत्रकै दाताहरुबाट जुटाइएको रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए । उपशाखा सभापति शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति ढकाल र उपशाखा सल्लाहकार मदन ढकालले मानवीय सेवाका लागि प्रसाई परिवारले गरेको सहयोगप्रंति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा रेडक्रस बिर्तामोडका कोषाध्यक्ष मनोज अग्रवाल, सहकोषाध्यक्ष याम कार्की, सदस्य किरण श्रेष्ठ, विशिष्ट सदस्य ओमप्रकाश लुइँटेल लगायतको आतिथ्य थियो । बिर्तामोडको पञ्चकन्यामा रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा भवनको तेस्रो तला निर्माण अन्तिम चरणमा पुगेको छ । झापाको भद्रपुरमा २०३९ सालमा रक्त सञ्चार सेवा शुरु भएपछि सेवालाई विस्तार गर्ने क्रममा रेडक्रसले २०५६ सालमा दमक र २०७१ सालबाट बिर्तामोडमा समेत सेवा शुरु गरेको हो । यसैबीच झापामा केही दिन यता रगतको अभाव देखिएको छ । रगतको अभावसँगै रेडक्रसले विभिन्न निकाय तथा संघ संस्थालाई तालिका मिलाएर नियमित रक्तदानका लागि आव्हान गरेको रेडक्रस झापाका सभापति ढकालले बताए । रेडक्रस उपशाखा बिर्तामोडका सभापति शिवाकोटीका अनुसार आइतबार सम्पन्न उपशाखाको बैठकले सामाजिक संघ संस्थाहरुलाई रक्तदानका लागि आव्हान गर्दै निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१