निर्मलपोखरी, ३२ जेठ । पर्यटकीय नगरी पोखराको दक्षिणी भेगमा अवस्थित मनोरमस्थल निर्मलपोखरीमा निर्माण गरिएको सुविधा सम्पन्न फोक्सिङ हिल रिसोर्ट सञ्चालनमा आएको छ । सो स्थानबाट धौलागिरि, माछापुच्छ्रे अन्नपूर्ण हुँदै मनास्लु हिमशृङ्खला, फेवा, बेगनास र खास्टेतालसहित पोखराको दृश्यावलोकन गर्न सकिन्छ।
१० कोठाको रेस्टुराँ, कटेज र दुई सभाहलसहितको सो रिसोर्ट निर्माण गर्दा दुई करोडको लागत लागेको सञ्चालक भूपेन्द्र गिरीले जानकारी दिए। समुद्री सतहबाट १ हजार १ सय मिटरको उचाइ र पोखरा सहरबाट नौ किलोमिटरको दूरीमा रहेको सो रिसोर्ट १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष मिनराज काप्mलेले सो रिसोर्टको आज उद्घाटन गर्दै ग्रामीण पर्यटन प्रवद्र्धनमा रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। रासस
प्रतिक्रिया