पानी रक्सी भन्दा महंगो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार ११:४६

पानी बिना कुनै पनि प्राणीको जीवन कल्पना पनि गर्न सकिंदैन । रक्सी नभएर जीवन चल्ने मात्रै होइन धेरै राम्रोसँग चल्छ । मानिससँगै समग्र जीवजन्तु र बोट विरुवाका लागि नभई नहुने पानी रक्सी भन्दा महंगो भन्दा पत्याउन गाह्रो हुन्छ । तर अस्ट्रेलियामा रक्सी भन्दा पानी महंगो छ । अस्ट्रेलियामा रेड वाइन एक अस्ट्रेलियन डलर अर्थात ८२ रुपैयाँमा पाइन्छ । तर पानीको एक बोतललाई भने दुई दशमलव पाँच अस्ट्रेलियन डलर अर्थात दुई सय रुपैयाँ पर्छ । रेड वाइन अस्ट्रेलियामा कम प्रचलित रक्सीको ब्राण्ड हो । तर प्रख्यात ह्वाइट वाइन पनि एक बोतलको दुई दशमलव नौ अस्ट्रेलियन डलरमा पाइन्छ ।

paniविदेशी विनिमय दरमा भएको वदलाव, अन्तर्राष्ट्रिय स्तरमा रक्सीको मागमा आएको कमी तथा बढी उत्पादनले गर्दा रक्सी सस्तो भएको वाइन इकोनोमिक्स रिसर्च सेन्टरका प्रोफेसर किम एन्डर्सनले बताउनुभयो । यस्तै अन्तर्राष्ट्रिय स्तरमा मागमा आएको गिरावटले स्थानीय बजारमा उत्पादकहरुबीच बढेको प्रस्तिपर्धाले गर्दा रक्सीको मूल्यमा कमी आएको उत्पादकहरुले बताएका छन् । यस्तै अस्ट्रेलियमा रक्सीको मात्रामा नभएर मूल्यमा कर लगाइने भएकाले पनि मूल्यमा कमी आएको हो । रक्सीको मूल्यमा आएको कमी अर्थतन्त्रका लागि राम्रो नभएको उत्पादकहरुले बताएका छन् । यसले गर्दा रक्सी बनाउन प्रयोग गरिने अंगुरको उत्पादन गर्ने किसानमा पनि पर्ने उनीहरुको भनाई छ ।
– एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१