सात जिल्लामा ११ को परीक्षा असार १४ र १२ को २४ गते देखि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार ११:३९

भक्तपुर ३२ जेठ । भूकम्पका कारण हुन नसकेको सात जिल्लाको कक्षा ११ र १२ को परीक्षा असार १४ गतेदेखि हुने भएको छ । कक्षा ११ को परीक्षा १४ गते देखि र १२ को परीक्षा असार २४ गते देखि गर्ने उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ । भूकम्पले धेरै क्षती पुर्याएका ७ जिल्ला गोर्खा, धाँदिङ्, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप बाहेकका जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० गतेदेखि चलिरहेको छ । कक्षा ११ को परीक्षा असार १ गते देखि हुँदै छ ।

eduअब जनजीवन सामान्य भईसकेको र परीक्षा सञ्चालन गर्ने केन्द्रहरुका बारेमा समेत तय भएकोले मिति तय गरेको नियन्त्रक सन्तोष अर्यालले बताए । केन्द्रहरुको निर्धारण भने केही दिनमा गर्ने उनले बताए । त्यसो त सबै जिल्लाबाट परीक्षा केन्द्रको अवस्था लगायत आवश्यकीय जानकारी आई सकेको छ तै पनि केही प्राविधिक काम बाँकी रहेकोले २–४ दिन भित्रै केन्द्र निर्धारण गर्छौ उनले भने । यी सात जिल्लमा कक्षा ११ मा २१ हजार ५ सय ५८ र कक्षा १२ मा १९ हजार १ सय ९६ परीक्षार्थीले आवेदन भरेको अर्यालले बताए । कक्षा ११ र १२ मा देशैभर गरी करिब ९ लाख विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१