निवेदन मात्र दिएर केही हुदैन : आयोगका प्रमुख

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १०:१७

एस.पी.गौरब

394f22626b41c47e3ac31c7a8a3695b8सर्लाही,३२ जेठ । सर्लाहीमा आज अख्तियारको क्षेत्रिय कार्यालय बर्दिबासको टोलीले जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा सर्लाही भित्रका ४ वटै नगरपालीकाका कार्यकारी अधिकृत ,जिल्ला विकास समितीका कर्माचारीहरु तथा जिल्ला भित्र रहेका सुरक्षा निकायका प्रमुखहरुको साथै सर्लाहीका ८८ वटै गाविसका गाविस सचिवहरुको सहभागीता रहेको थियो । जिल्ला विकास समिती सर्लाहीको सभाहलमा भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यलय बर्दिबासका प्रमुख राजेन्द्र नाथ बाँस्तोलाले अध्यक्षता गर्नु भएको थियो । भने सर्लाहीका स्थानीय विकास अधिकारी राम प्रसाद वाग्लेको प्रमुखको प्रमुख अतिथ्याता , निमीत प्रमुख जिल्ला अधिकारी षड कुमार पोख्रेल,नेपाल प्रहरीका उपरिक्षक केदार ढकाल,शसस्त्र प्रहरीका उपरिक्षक सुवर्ण थापा मगर लगायतको अतिथ्यतामा रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने, काम नियमावली लगायतको विषयमा जानकारी दिईएको थियो । भ्रष्टाचार गरेको भन्दैमा निवेदन दिएर केही नहुने आयोगका प्रमुख बाँस्तोलाले बताउनु भयो । स्थानीय निकायबाट दिइने सेवा सुविधालाई परदर्सी तरिकाले सञ्चालन गर्न समेत उहाँले आग्रह गर्नु भयो । राजनैतिक दलका दवावका कारण आफुहरुलाई काम गर्न गारो भएको गाविस सचिव हक हित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्ण गुनासो गर्नु भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१