विद्यार्थी संगठनको आन्दोलन फिर्ता,आधा शुल्क मात्र तिरे पुग्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार १६:५९

काठमाडौं,३१ जेठ । वैशाख १२ गते र त्यसपछिको भूकम्पका कारण पढाइ बन्द भएका दिनको आधा मात्र मासिक शुल्क तिरे पुग्ने भएको छ। निजी विद्यालय र कलेजले भूकम्पविदाको शुल्क ५० मात्रै लिन पाउने निर्णय शिक्षा मन्त्रालयले आइतबार गरेको हो। निजी विद्यालय र कलेजहरुले भूकम्पविदाको पुरै शुल्क लिने जनाएपछि त्यसको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन घोषणा गरेका थिए । विद्यार्थी संगठनहरुले पढाइ नभएको दिनको पुरै शुल्क फिर्ता गर्न माग गर्दै आएका थिए । मन्त्रालयले पचास प्रतिशतमात्र शुल्क फिर्ता गर्ने सहमति निजी शैक्षिक संस्था सञ्चालकहरुसँग गरेको हो ।

eduगत वैशाख १३ देखि यही जेठ १४ गतेसम्मको समग्र मासिक शुल्कको ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न आइतबार शिक्षा मन्त्रालयले विज्ञप्ति निकालेर विद्यालय सन्चालकहरुलाई निर्देशन दिएलगत्तै विद्यार्थीहरुले आन्दोलन फिर्ता लिएका हुन् । यसअघि निजी विद्यालय सन्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए । तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए ।

eduभूकम्पविदाको शुल्क फिर्ता गर्न विद्यार्थी र अभिभावकहरुले आग्रह गरिरहेका बेला निजी विद्यालयले विद्यार्थी नगएको अवधिको यातायात र खानाको पनि बिल अभिभावकलार्इ पठाएका थिए । विदाको दिनको शुल्क फिर्ता गराउन पहल गरिदिन भन्दै विद्यार्थी संगठनले आइतबार प्रधानमन्त्री शुसील कोइरालार्इ ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१