प्रधानमन्त्रीको विद्यार्थी संगठनलाई आग्रह,’आन्दोलन गर्छु मात्र नभन्नुहोस् न ?’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार १३:५८

काठमाडौं,३१ जेठ । शिक्षा मन्त्रालयसँग भएको सहमति कार्यान्वयन र एक महिनाको विद्यालय शुल्क मिनाह गर्न माग गर्दै आएका १३ विद्यार्थी संगठनले आज प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर १३ विद्यार्थी संगठनका नेताहरूले प्रधानमन्त्री कोइरालालाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका थिए । नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले शिक्षा मन्त्रालयसँग भएको १० बुँदे सहमतिको कार्यान्वयन र जेठ १७ बाट विद्यालयहरूले बन्द भएको बेलाको शुल्क समेत लिन खोजेकाले यसप्रति आफ्नो असन्तुष्टीसहित प्रधानमन्त्री ध्यानाकर्षण गराएको बताएका छन् ।

pmचरणबद्ध आन्दोलन घोषणा गरेका विद्यार्थीहरुले सहमति कार्यान्वयन नभए सडक आन्दोलनमा जान पनि आफूहरु तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले शिक्षामन्त्री चित्रलेखा यादवलाई सहमति कार्यान्वयन गराउन निर्देशन दिने बताएको प्रवक्ता लामिछानेले बताए । अहिले आन्दोलनको समय नभएकाले मुलुक निर्माणमा लाग्न विद्यार्थी नेताहरुलाई आग्रह गर्दै कोइरालाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । विद्यार्थी संगठनहरूले शनिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठनहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१