रामेछाप,३१ जेठ । बिनासकारी भूकम्पबाट धेरै जनधनको क्षति भयो । यत्तिबेला बिनासकारी भुकम्पले दिएको चोट कम गर्दै जनजीवन सामान्य बनाउनुपर्ने समय आएको छ । सरकारको तर्फबाट, विभिन्न राष्टिय तथा अन्तराष्टिय संघसंस्थाबाट प्रभावित क्षेत्रमा राहत वितरणको क्रम पनि चल्यो । यसैक्रममा रामेछाप खाडादेबीका विभिन्न वडामा मिनर्भा ट्राभल्सका प्रवन्ध निर्देशक नवराज तामाङ एक्लैले करिब १५ लाखको राहत एक्लैको प्रयासमा लगेर वितरण गरे । तामाङले व्यक्तिगत प्रयासमा रामेछाप जिल्लाको खाडादेबी गाबिसका विभिन्न वडा हरुमा महाभूकम्प पस्चात काठमाण्डौदेखि दुर्गम क्षेत्रमा पु¥याएर धेरै गाउले बालबालिका,बृद्धबृद्धा, महिला तथा सवै युवाहरुको लागि अभिभावक बनेका छन् । भूकम्पबाट प्रभावित रामेछापको खाडादेबी गाविसमा सरकारी राहत नपुगेको बेला उनै नवराजको प्रयासमा ती पिडित सर्वसाधारणले राहत पाएका छन् । सुत्केरी अशक्त महिला,बालबालिका तथा बृद्धबृद्धा तथा सबै पिडितलाइ समस्या हेरेर आवश्यक पर्ने राहत नवराजले पु¥याएका छन् ।
यसअघि पनि विभिन्न विपत तथा समस्यामा सहयोग गर्दै आएका नवराजले आफ्नै लगानीमा रामेछाप खाडादेवीस्थित धनेश्वर महादेव मन्दिर निर्माण गरेका छन् भने त्यस क्षेत्रमा ३५ रोपनी जग्गा उक्त मन्दिर परिसरमा उपलव्ध गराएका छन् । यत्तिमात्र हैन विद्यालय जानबाट बञ्चित आधा दर्जन भन्दा बढि बालबालिकालाइ उनले आफ्नै खर्चमा समेत पढाउदै आएका छन् । यसरी सानै उमेरदेखि समाजसेवामा तल्लिन उनै नवराज तामाङले आजभोलिको यो विपतमा रामेछापका बस्तीहरुमा सरकार भन्दा अगाडि पुगेर राहत वितरण गरेका छन् । उनले यो क्रममा अमेरिका नेपाल मेडिकल फाउण्डेसनले पनि अभियानमा साथ दिएको बताए । साथै समाजसेवामा लाग्न र यहाँसम्म आइपुग्न आफुलाइ ठूलोममी जयन्तीबाइ लामाको ठूलो हात रहेको नवराजको भनाइ छ । ठूलोममी जयन्तीबाइलाइ “गड मदर” ठान्ने उनै नवराजको यो एक्लो प्रयास र समाजसेवाप्रति हाम्रो सलाम । यो बेला नवराज जस्तै धेरै नवराजहरुले,युवाहरुले भूकम्प प्रभावित क्षेत्रमा पूर्नस्थापना तथा राहतका कार्यक्रममा सक्रियता देखाउनुपर्ने खाचो छ ।
प्रतिक्रिया