काशी पोख्रेल
बाँके,३१ जेठ । समाज कल्याण परिषदका निर्देशक राम शर्मासहितको टोलीले लक्ष्मणपुर वाँध प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । राप्ती नदीमा निर्माण भएको लक्ष्मणपुर बाँध र निर्माणाधिन बाँधरुपी सडकले आसपास क्षेत्रका बासिन्दामा पारेको असर बुझ्न शर्माको टोलीले स्थलगत अनुगमन गरेको हो । टोलीले होलिया गाविसको स्थलगत अनुगमन गर्दै सडक निर्माण प्रक्रिया, वाढीले सम्वन्धित समुदायमा पारेको असर, समस्याको जानकारी लिनुका साथै समस्या समाधानका लागि राज्यले चाल्नु पर्ने कदमका बारेमा जानकारी लिएको फियान नेपाल नेपालगन्जका संयोजक सुरेश कुमार गौतमले जानकारी दिए ।
लक्ष्मणपुर वाँध पीडित संघर्ष समिति र स्थानीयसँग गरिएको प्रत्यक्ष छलफलमा स्थानीयले समस्याकोसमाधानका लागि केन्द्रिय निकायमा पहल गरिदिन टोलीसमक्ष अनुरोध गरेका थिए । ‘आकाशमा कालो बादल देख्ने बित्तिकै डराउने बेला भइसकेको छ,’ लक्ष्मणपुर वाँध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले भने, ‘हरेक वर्ष त्रासमा बाच्नुपर्ने बाध्यता हटाउन पहल गरियोस् ।’
स्थानीयले राप्तीनदी आसपासका क्षेत्र डुबान र पटान समस्याको सम्पूर्ण जड भारत सरकारले बनाएको लक्ष्मणपुर वाँध र कलकलवा तटबन्ध भएको जानकारी टोलीलाई गराएका थिए । ‘लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धबाट पीडित भइरहेका हामी अव बाँध रुपी सडकबाट थप पीडित हुने भएका छौँ,’ सचिव शुक्लाले भने, ‘स्थानीयको चाहना वर्षेनी राहत लिने होइन दिगो समाधानको ब्यबस्था चाहेका छौँ ।’
फियान नेपालको सहयोग तथा सहजीकरणमा स्थानीय तहदेखि केन्द्रिय निकायसम्म समाधानका निम्ति निरन्तर पहल गरिए पनि समस्या समाधान नभएको भन्दै स्थानीयले दुखेसो पोखेका थिए । ‘जिल्ला लगायत सरकारसम्म निरन्तर पहल गर्दासमेत समस्या किन समाधान हुन सक्दैन,’ अनुगमन टोली समक्ष आश्चर्य प्रकट गर्दै शुक्लाले भने । स्थानीयले लक्ष्मणपुर बाँधका कारण राप्ती नदी आसपासका सयौँ विघा जमिन बालुवामा परिणत भएकोले यसको क्षतिपूर्ती भारत सरकारले दिनुपर्ने माग गरेको फियान नेपालका केस युनिट संयोजक अशोक सिंहले जानकारी दिए । फियान नेपालले विगत २०६५ देखि समुदायलाई सशक्त तथा एकीकृत गर्दै समस्या समाधानका लागि पहल गर्दै आएको छ । ‘खाद्य अधिकार सुनिश्चितता र समस्या समाधानका लागि सम्बन्धित निकायसम्म आवाज पु¥याउने कामको सहजीकरण फियानले गर्दै आएको छ,’ सिंहले भने, ‘सुरक्षित वाँच्न पाउने अधिकार तथा खाद्य अधिकारको प्रत्याभूतिका निम्ति सहयोग निरन्तर जारी रहने छ ।’ लक्ष्मणपुर बाँधले हाल जिल्लाको ६ वटा गाविसलाई मात्र क्षति पु¥याए सिन भविष्यमा जिल्लाको ठूलो भूभागमा क्षति पु¥याउने तथ्य प्रस्तुत गर्दै होलियाबासीले सम्बन्धित निकायले समयमै पहल गर्न जरुरी रहेको औँल्याए । अनुगमन टोलीले दशगजा नजिक निर्माण भइरहेको बाँध रुपी सडक र अन्य पूर्वाधारको समेत स्थलगत अवलोकन गरेको फियानले जनाएको छ । उक्त टोलीले होलिया, हिरमिनिया लगायत गाविसका स्थानीयसँग प्रत्यक्ष अन्तरक्रिया गरेर राय सुझाव लिएको छ । निरीक्षण र अनुगमनपछि परिषद टोलीले उक्त मुद्दा समाधानका लागि सक्दो पहल गर्ने प्रतिवद्धता दिएको समितिका सचिव शुक्लाले जानकारी दिए ।
प्रतिक्रिया