कुकुरले स्टेजमा गएर अंग्रेजीमै बोल्न थालेपछि… (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार ११:३४

dogमानिसले सिधाएका शव्दहरु सुगाले जस्ताको तस्तै भनेको त सुनिएकै हो । तर सिक्ने र कला देखाउने मामिलामा कुकुर पनि पछि पर्दो रहेनछ । एउटा कुकुरले अहिले खुबै तहल्का मच्चाएको छ र सबैलाई आश्चर्यमा पारेको छ । बेलायतको चर्चित टेलिभिजन रियालिटी शोे ब्रिटीस गट ट्यालेन्ट अन्तरगत यो सिजनलाई विन्डी नामको कुकुरले धमाकेदार सुरुवात गरिदिएको छ । कुकुरले स्टेजमा गएर अंग्रेजीमै बोल्न र भाका हाल्न थालेपछि रियालिटी शो का निर्णायक मण्डल तथा उपस्थित दर्शक सबै तिनछक परे । ६१ बषिर्य फे्रन्च नागरिक मार्क मेट्रलले विन्डी नामको कुकुरसँग रियालिटी शो मा प्रस्तुत भए । उनले कुकुरसँग कुराकानी गर्न थाले । कुकुरले साँच्चीकै मान्छेकै जस्तै गरे छोँटा छोँटा एकशव्दे जवाफ फर्कायो । अंग्रेजी मात्र होइन कुकुरले स्पेनिस पनि बोल्यो । केही बोल्न लगाउँदा नो भन्ने कुकुर हड्डी देखाएपछि एस भनेको दृश्य झनै रोमान्चक थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१