असार मसान्तभित्रै नयाँ संविधान,आजबाट सुरु भयो संविधानको मस्यौदा लेख्ने काम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार ११:२२

काठमाडौं, ३१ जेठ । संविधानको मस्यौदा लेखनको काम आजदेखि सुरु हुँदैछ । संविधानका मूलभूत विषयमा दलहरूबीच सहमति भएर त्यसको लिखित प्रतिवेदन संविधानसभाले पठाएपछि मस्यौदा समितिले आइतबारदेखि आफ्नो काम थाल्दैछ । कृष्णप्रसाद सिटौला सभापति रहेको मस्यौदा समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । संविधान लेखनका विषयमा दलहरूबीच सहमति नहुँदा लामो समय मस्यौदा समिति कामबिहिन भएर बस्नु परेको थियो । पन्ध्र दिनभित्र संविधानको पहिलो मस्यौदा तयार गर्नुपर्ने निर्देशनसहित संविधानसभाले अस्ति संवैधानिक तथा सम्वाद समितिको प्रतिवेदन पठाएको थियो ।

Sambidhan..मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले १५ दिनमा मस्यौदाले पूर्णता पाउने बताएका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले मूल विवादमा सहमति भइसकेकोले अब छाटो बाटो (फास्ट ट्रयाक) विधिबाट छिटो संविधान जारी गर्नका लागि तयार हुन र त्यहीअनुसार कामलाई तीव्रता दिन दलहरुलाई आग्रह गरिसकेका छन । नेम्वाङको निर्देशनअनुसार असार मसान्तभित्रै संविधान जारी गर्ने गरी संविधान लेखनको नयाँ तालिकाको तयारी र योजनामा संविधानसभा सचिवालय लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१