भारतमा आइफोन बनाइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार ११:१५

iPhone-5S-goldएप्पल आइफोन बनाउने कम्पनी फक्सकनले भारतमा आइफोन बनाउने भएको छ । भारतका उच्च अधिकारीहरुले दिएको यो जानकारी अनुसार भारत फक्सकनलाई कम मूल्यमा आइफोन उत्पादन गर्ने सुविधा प्रदान गर्न सक्नेछ। हाल फक्सकनले धेरैजसो आइफोनहरु चीनमा उत्पादन गरिरहेको छ। अधिकारीहरुका अनुसार भारतमै उत्पादन हुँदा आइफोनको मूल्यमा कमी आउने छ। एक महिना भित्रमा फक्सकनले आफ्ना अपिसरहरुलाई भारत पठाउने र यसबारेमा थप छलफल गर्ने बताइएको छ।फक्सकनले भने सन् २०२० सम्ममा भारतमा १०-१२ वटा सुविधाहरु सुरु गर्नेमा केन्द्रित भएको बताएको छ। तर भारतका एप्पल प्रतिनिधीहरुले भने यो विषयमा केही बताएका छैनन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१