लियोनल मेस्सीको टिम पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार १०:४४

चिलीमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले जमैकालाई १-० ले पराजित गरेको छ । उरुग्वेका लागि खेलको ५२ औ मिनेटमा क्रिश्चियन रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । यस्तै आइतबार बिहान सम्पन्न अर्को खेलमा अर्जेन्टिनालाई पाराग्वेले २-२ गोलको बराबरीमा रोकेको छ । अर्जेन्टिनाका लागी कप्तान लियोनल मेस्सी र सर्जियो अग्वेरोले एक एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन ।

cuykaपाराग्वेका लागि नेल्सन भाल्डेज र लुकास बारियोसले एक एक गोल फर्काए । यसअघि पाराग्वेले २ पटक प्रतियोगिता जितेको छ भने अर्जेन्टिनाले १४ पटक उपाधी जितिसकेको छ ।२२ बर्षदेखि उपाधि जित्न नसकेको लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनालाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ । कोपा अमेरिका अन्तर्गत आज राति पौने १ बजे कोलम्बिया र भेनेजुएला तथा सवा ३ बजे ब्राजिल र पेरु खेल्दै छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१