योजना आयोगलाई बाबुरामको चेतावनी, ‘विश्वलाई भ्रममा नपारौं’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार १०:१२

काठमाडौं, ३१ जेठ । शनिबार राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको भूकम्पसम्बन्धि रिपोर्टमाथि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रश्न गरेका छन् । उक्त रिपोर्ट सैद्धान्तिक हिसाबले नै गलत भएको संकेत गर्दै उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘विश्वलाई भ्रममा नपारौं ।’ उनले राष्ट्रिय योजना आयोगको रिपोर्ट पिडिएनए अथवा प्रकोपपछिको आवश्यकता आकलन भन्दा डिडिएलए अथवा क्षति र प्रकोप नोक्सानी आकलन जस्तो मात्रै भएको टिप्पणी गरेका छन् ।

Baburam-Bhattaraiउनको तर्क छ, ‘आवश्यकता बराबर क्षति होइन, बरु क्षति भन्दा आवश्यकता बढी हुन्छ ।’ उनले अगाडि स्पष्ट पारेका छन्, ‘हामीले अब पुराना संरचना पुरानै रुपमा बनाउने होइन, पुरानालाई नयाँ रुपमा बनाउने र थप संरचना अरु उन्नतरुपमा बनाउने हो ।’ नेता भट्टराईले अब देशलाई पुनर्निर्माण मात्र गर्ने नभएर नवनिर्माण गर्नुपर्ने बताएका छन् । उनको तर्क छ, ‘नवनिर्माणको आवश्यकता पुननिर्माणको भन्दा बढी हुन्छ ।’ उनले बेलैमा सम्बन्धित पक्षलाई ध्यान दिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१