पूर्व राजा ज्ञानेन्द्र विभिन्न बाहानामा भारत जाँदा भारतीय नेताहरुलाई भेटेर आफूलाई पुनर्वहाली गरिदिन हारगुहार गर्ने गरेको कुरा सञ्चारमा आइनै रहेको कुरा हो । हालै पनि उनी भारत भ्रमण सकेर भर्खरै मात्रै नेपाल आएका छन् । ठूला राजनीतिक पार्टीहरुको प्रदेशको विषयमा हुँदै आएको लामो विवाद सुल्झाएर सहमति गरेको चर्चा आइरहेको बेला उनको पनि भातरभ्रमण सकेर फिर्ती आगमनको संयोगलाई विश्लेषकहरुले महत्त्वपूर्ण तरिकाबाट हेरिरहेका छन् ।
आफूलाई नेपाली जनताले राजाकै रुपमा मानिरहेको र पुनः आफू नेपालको राजा हुँदा जनता राजीनै हुने, त्यसको लागि छिमेकी राष्ट्र र शक्तिको हैसियतले भारतले सहयोग र समर्थन गरिदिनु पर्यो भन्ने उनको भारत भ्रमणमा भारतीय नेतालाई भेट्दा व्यक्त गर्ने गरेको भनाईको आसय रहेको कुरा दिल्लीस्रोतले संकेत गरेको छ । आरएसएसले सो संस्थाका विभिन्न विभाग अन्तर्गतका नेपालमा रहेका शाखा प्रशाखाका मुख्यमुख्य प्रतिनिधि तथा उनीहरुको आँखामा बुद्धिजीवि ठानिएकाहरुलाई तत्कालिन अवस्थामा भारत बोलाएर नेपालबाट राजतन्त्र हटाउन उपयुक्त छ कि छैन भन्ने विषयमा तीनदिनसम्म लामो बैठक गरी राजतन्त्र हटाउँदा आफ्नो संस्था र आफ्नो देश एवम् आफ्नो मिसनलाई फाइदा रहेको ठहर गरी भारतले राजतन्त्र हटाउन सहमति दिएको थियो । त्यतिबेला राजतन्त्र फाल्न आफ्नो समर्थन रहेको निर्देशन दिएको भाजपा, विश्वहिन्दू परिषद्, राष्ट्रिय स्वयंसेवक संघ लगायतका संगठनहरुले अहिले आएर कतै त्यो निर्णय गल्ति त भएन भन्नेमा मानेको समेत दिल्लीसञ्चार स्रोतले बताएको छ ।
स्मरणीय छ नेपालको राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्ने विषयमा माथि बताइएका संगठनको निकै ठूलो चासोको बैठक ति संगठनका नेपाली प्रतिनिधिहरुसँग भएको थियो । जसमा नेपालबाट ती संगठन तथा शाखाप्रशाखा हेर्ने तत्कालिन कार्यकालका कार्यकर्ताका प्रतिनिधि पुगेका थिए ।
अहिले आरएसएस तथा भाजपा र सम्बन्धित संगठनहरुभित्र विश्वभरीमा क्रिश्चियनका पनि राजा छन्, मुस्लिमका पनि राजा छन्, भलै गौतम बुद्ध नेपालका भएपनि बुद्धधर्मको देश भनेर भनिने देशमा पनि बुद्धिष्ट राजा छन्, तर विश्वमै एकमात्र हिन्दू राष्ट्र भनेर भनिएको देश नेपाल थियो र विश्वभरीका हिन्दूहरुका सम्राट भनेर यहाँका राजालाई नै मानिने गथ्र्यो । भलै नेपालमा राजा हुँदा हिन्दूस्थानलाई खासै ठूलो कुनै वेफाइदा थिएन । क्षणिक राजनीतिक दाउपेचमा दुरदृष्टि नराखी राजा फाल्ने जुन निर्देशन भारतले नेपाललाई दिएको थियो त्यो समग्रमा हिन्दूस्थानकै हितविपरित रहेको अहिले भारतले विशेष गरी माथि भनिएका संगठनहरुले ठहर गरेको कुरा आरएसएसका नेताहरुलाई उदृत गर्दै दिल्लीस्रोतले भनेको छ । यही ठहरलाई सुइको पाएका पूर्वराजा ज्ञानेन्द्र विभिन्न बहानामा भर्खरै दिल्ली पुगेर आएका छन् । सुनिन्छ ज्ञानेन्द्रलाई भुटानीशैलीको राजा हुन सर्त गरिएको छ । तर, यसमा भने दिल्लीस्रोत मौन रहेको छ । एक अर्को विश्लेषणमा नेपाल मामिला हेर्दै आएका सुवासचन्द पटेलले विश्वमै हिन्दूहरुको एउटा मात्रै भए पनि राजा राख्नुपर्ने भन्ने विषयमा भएको चर्चा जायज रहेको तर भुटानिकरणको विषमा आफू अनभिज्ञ रहेको बताएका छन् ।
यसै बीच स्व. युवराज दिपेन्द्रको छोराको रुपमा देव्यानीले जन्माएको सन्तानको विषयमा पनि भित्रभित्र कुरा उठिरहेको छ । देव्यानीको गर्भबाट जन्मेको बच्चा दरवारहत्या काण्ड घट्दा गर्भमा रहेको बताइन्छ । सो बच्चालाई राजा बनाउन हुने भन्ने चर्चा पनि चलेको पाइन्छ र देव्यानीको सन्तान युवराज दिपेन्द्रको हो भन्ने पुष्टिको लागि गृहकार्य भइरहेको हुनसक्ने अनुमान पनि गरिएको छ ।
यहाँ निर एउटा के अनुमान गर्न सकिन्छ भने भारतले नेपालमा राजतन्त्र आवश्यक देख्न थालेको हो भने राजतन्त्र पुनस्र्थापित हुनसक्ने कुरामा जान्नेबुझ्नेहरु आश्वस्त रहेका छन् । तर राजाको विषमा यसै भन्न नसकिने अवस्था देखिएको छ । किन कि देव्यानी भारतमै बस्छिन्, उनको सर्कलको अध्ययन हुन बाँकी रहेको छ । दिपेन्द्रको छोरालाई उनले जन्मदिएको जुन कुरा आएको छ त्यसले कुनै स्थितिको सृजना गर्नसक्नेमा मान्छेहरुले अनुमान गरेका छन् । अर्को तर्फ नेपाल क्रमशः जुन तरिकाले विखण्डनको बाटोमा उद्दत छ त्यो हेर्दा प्रान्तको विषयमा सहमति भएपनि धेरै विषय हुनसक्छन् जसमा सहमति हुन कठिन छ र सहमति भयो भनेर भनिएको प्रदेशको जुन मामला छ त्यसमा पनि विभिन्न बखेडाको गन्ध आउन सुरु भइसकेको छ ।
जनताको आँखामा मात्रै फरक फरक देखाउने गरेका राजनीतिक शक्तिहरु राजावादी र माओवादी भित्रबाट उस्तै उस्तै रहेको र आफ्नो स्वार्थ पूरा हुने हो भने ज्ञानेन्द्रले भूटानिकरण पनि मान्नसक्ने र आफ्नो हातमा शक्ति पाउने हो भने माओवादीले पनि राजा मान्नसक्ने यि दुईशाक्ति बीचको अन्तर्सम्बन्धले प्रस्ट्याउँदै आएको ईतिहासले देखाइसकेको छ । ईतिहासमा पर्दापछाडिबाट हुने गरेका तथा भएका घटनाक्रम चर्चाहरु आइसकेको हो जुन कुरामा प्रबुद्धवर्ग स्पष्ट नै छ । बरु प्रजातन्त्रवादी शक्तिलाई यी दुबै तत्त्व घातक सिद्ध भएका पनि हुन् र अब पनि हुनसक्ने देखिन्छ । विभिन्न एजेण्टवादमा भन्दा पनि नेपालीले, नेपालको संविधानसभाले, राज्यले र सम्बन्धित क्षेत्रले नेपाल र नेपालीको हितको पक्षमा निर्णय गर्न सकुन भन्ने आम नेपाली सर्वसाधारण नागरिकको मनसाय रहेको पाइएको छ ।
सञ्जय वि.के.
बुट्वल
प्रतिक्रिया