काभ्रे, ३१ जेठ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र हिम्मतवाली नायिका रेखा थापा भुकम्प पीडित विद्यार्थीहरुको ह्याङ हटाउन भन्दै नाचगानमा व्यस्त बनेका छन् ।
यसरी दिनानुदिन विद्यालयहरुमा धाइरहेका प्रचण्ड रेखा भने नक्कली भूमिकाका कलाकारहरु हुन् । प्रचण्डको भूमिकामा रहेका कलाका प्रदिप पाठक र रोजी बस्नेत हाल विभिन्न विद्यालयहरुमा पुगी विद्यार्थीहरुको अगाडि नाच्न गाउँन र हसाउन व्यस्त छन् । उनीहरुसँगै अरु कलाकारहरु शुसिल सैंन्जु, भगवान खत्री, डेभिड केसी, रुपक खत्री तथा शिवहरी त्रिपाठी लगभग १ दर्जन भन्दा बढि स्कूलमा हसाएर अगाडि बढिरहेका छन् ।
बनेपाबाट सुरु गरिएको उक्त अभियान बनेपा हुँदै पनौती, साँगा, खोपासी, संँखु, सुनथान, धुलिखेल, पाँचखाल, साँगा हुदै भकुण्डे सम्म पुग्ने र उठेका रकमहरु डाँडापारीका स्कूलमा गएर लगभग २ सय विद्यार्थीहरुलाई कापी कलम, पेन्सील, पेन, कटर, इरेजर, लगाएत सम्पूर्ण सामग्रीहरु सहयोग गर्ने काभ्रेली हास्य कलाकार टिमका अध्यक्ष हास्यकलाकार प्रदिप पाठक (नक्कली प्रचण्ड) बताउछन् ।
काभ्रेली हास्यकलाकार टिमका अध्यक्ष हास्य कलाकार प्रदिप पाठक नक्कली प्रचण्डले अहिले सम्म आधा दर्जन जति चलचित्र, दर्जनौ टेली सिरियल तथा चर्चित सिरियल तितो सत्य र शान्तीमा समेत अभिनय गरेका छन् । उनलाई अहिले मोडेल तथा नायिका नोजी बस्नेतले नक्कली रेखा थापा तथा नक्कली प्रचण्ड पत्नी सिता दाहाल बनेर साथ दिदै छिन् उनले अहिले सम्म आधा दर्जन जति चलचित्रमा नायिकाको भुमिका तथा दुई दर्जन जति म्यूजिक भिडियो गरिसकेकी छिन् अहिले उक्त टिम एकदमै ब्यस्त हुदै आईरहेका छन् र उक्त टिम अझ लगभग १ महिना सम्म लाग्ने काभ्रेली हास्य कला टिमका अध्यक्ष प्रदिप पाठक (नक्कली प्रचण्ड) बताउँछन् ।
प्रतिक्रिया