जहाजका यात्रुको खानामा सिंगै माउसुली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० जेष्ठ २०७२, शनिबार १८:०८

फोटो :जहाजका यात्रुको खानामा भेटिएको माउसुली । तस्बिर : एजेन्सी
एजेन्सी  । दिल्लीबाट लण्डनका लागि उडेको एउटा जहाजका यात्रुलार्इ दिइएको खानामा सिंगै माउसुली भेट्टिएको छ ।

बिहीबार दिल्लीबाट लण्डनका लागि उडेको एयर इन्डियाको जहाजका यात्रुलार्इ दिइएको खानामा सिैगै माउसुली भेट्टिएपछि सो एयरलाइन्समा खैलाबैला भएको छ ।

एयर इन्डियाको सो जहाज दिउँसो १ बजे दिल्लीबाट लण्डनका लागि उडेको थियो । जहाज उडेपछि परिचारिकाले यात्रुलार्इ खाना बाँडेकी थिइन् ।

यात्रु जब खाना खान तयार भए तब खानामा मरेको सिंगै माउसुली भेट्टियो । माउसुलीसहितका खाना परिचारिकाले बदलिदिएकी थिइन् । ती यात्रुले खानामा माउसुली देखिएपछि तत्कालै गुनासो राखे । एयर इन्डियाले यो घटनाको छानविन थालेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१