धर्म र भूकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १५:१४

पृथ्वी अौनम, बुध्दि, अग्नि,जल,मन,वायु अहंकार छन|
मेरा यी जड शक्त्ति आठ अपरा हे पार्थ निर्जिव हुन ||
जानी लेउ म मूल कारण स्वयं, उत्पत्तिको छु भनी |
मैमा लीन हुनेछ यो जगतको सम्पूर्ण सृष्टि पनि ||
धागोमा मणिमा झै अभिन्न छ सखे !व्रह्राण्ड सारा मामा !
अर्को छैन म देखी भिन्न कहिने वस्तु व्रह्राण्डमा !!
पानीमा रस हुँं प्रकाश पनि हुँं |श्री चन्द्र आउ सुर्यको |
हे अर्जुन |पुरुषत्व हुँ प्रणयको उँ कार हुँ वेदको ||
वुध्दिरुप म बुध्दिमान तपसिको शान्ति हुँं अर्जुन |मै हुँं वीज साखे !सनातन सबै जीवादिको जीवन !!
उक्त्त पक्त्ति गीता सारको सातौ अध्यायको ज्ञान विज्ञान र योगका वारेमा भगवान श्री कृष्णले अर्जुनलाई महाभारतको महायुध्दमा धर्म ज्ञान र कर्तव्यका वारेमा भन्नु भएको श्लोक हो यो |
भगवान श्री कृष्णले भन्नु भएको जस्तै विहानै उठेर नुहाइ धुवाइ गरी सूर्यलाई अर्ध दिने, जय गरेर व्रहाण्डका सारा प्राणी जल,थल, पित्री देवता सम्झेर हाम्रो दिन सुरु गर्ने चलन हो |घर अगाडि तुलसीको मठ जस्ले हाम्रो स्वास प्रश्वासलाई पनि फाईदा गर्छ,कान दुखेको,खोकी लागेको सवै सवै चिजको औषधी पनि हो तुलसी ! त्यस्तै वर पिपलले थकित वटुवालाई आनन्द दीने सितलता दिने यी बिष्णुका रुप हुन |
हामी अहिले आएर पुजाको विरोध गर्ने अक्षताको विरोध गर्ने,देवी देवतालाई ढुङ्गा हो भनी विरोध गर्ने ! मानौ हाम्रो विवेकमै विरोध छ |हाम्रो धर्मको विरोध पुजाको विरोध,होमको विरोध, मदिरको विरोध ज्ञानी तपसिको विरोध ?बुध्दिमानी मनिषाको विरोध, वावाको विरोध,आमाको विरोध, दिदिको विरोध, वहिनिको विरोध, उसले प्रगती गरायो विरोध, उसले राम्रो गर्यो विरोध उसले नयाँ काम गर्न थाल्यो विरोध ! मानौ अव हाम्रो धर्म नै विरोध भयोहाम्रो त धर्मै छैन |
क्रिष्चियनहरु अाइतवार सवै सवै चर्चमा जान्छन आफ्ना वाल वच्चालाई आफ्नो धर्मको,उपदेशको ज्ञानको र नैतिकताको पाठ सिकाउँछन | मुसलवानहरु शुक्रवार त्यस्तै यहुदि लगायत सवैको आ आफ्नो धर्म,ज्ञान र त्यसले नैतिकता पनि सिकाउँछ | नैतिकता भनेको यस्तो कुरो हो धर्म र सदाचार भनेको यस्तो कुरा हो त्यसले मनिसलाई धेरै माथि पुर्याउँछ | अहिले सिङो एउटा दलाई लामा र सिङो मुलुक चीनको तुलना गर्ने हो भने दलाई लामा धैरै माथि छन |आफ्नो धर्मले,नैतीकताले र धर्मको ज्ञानले बुध्दको ज्ञानले |तर हामी हाम्रो वालवच्चालाई कम्पुटर, अाइपट, टीभी र वन्दुक हान्ने ज्ञाममा लागेर रमाएकोमा खुशी हुंछौ र प्रशंशा गर्छौ र तिनिहरुको अगाडि रक्सी खाएर ठुलाकुरा गर्छौ | अहिले सिङो एउटा दलाई लामा र सिङो मुलुक चीनको तुलना गर्ने हो भने दलाई लामा धैरै माथि छन |आफ्नो धर्मले,नैतीकताले र धर्मको ज्ञानले बुध्दको ज्ञानले |तर हामी हाम्रो वालवच्चालाई कम्पुटर, अाइपट, टीभी र वन्दुक हान्ने ज्ञाममा लागेर रमाएकोमा खुशी हुंछौ र प्रशंशा गर्छौ र तिनिहरुको अगाडि रक्सी खाएर ठुलाकुरा गर्छौ | हामीले हाम्रो यो वाटोलाइ परिवर्तन गर्न जरुरी छ |हाम्रो सोचलाई परिवर्तन गर्नु पर्ने जरुरी छ |
जव जव मानिसको सहारा खोसिदै जान्छ तव तव मानिस भगवानको सहारा लीन पुग्छ
एकताका संसारका महायोध्दाहरुले महा -शक्त्तिशाली देशहरु खाँदै हिंडेका थिए |नेपाल सानो देश भएर पनि देवी देउताका ढुङ्गा,सालिग्रामा खसालेकै भरमा नेपालअको डाँडाको टुप्पामा कुनै कुनै शक्त्तिशाली सेनाले कहिल्यै,कहिल्यै चढन सकेनन |नेपाललाई गुलामबनाउनै सकेनन |हाम्रो धर्म साक्षी छ |हाम्रो ईतिहास साक्षी छ |कहिल्यै नेपालमा ठुलो माहामारी आएन |एकताका संसारका महायोध्दाहरुले महा -शक्त्तिशाली देशहरु खाँदै हिंडेका थिए |नेपाल सानो देश भएर पनि देवी देउताका ढुङ्गा,सालिग्रामा खसालेकै भरमा नेपालअको डाँडाको टुप्पामा कुनै कुनै शक्त्तिशाली सेनाले कहिल्यै,कहिल्यै चढन सकेनन |नेपाललाई गुलामबनाउनै सकेनन |हाम्रो धर्म साक्षी छ |हाम्रो ईतिहास साक्षी छ |कहिल्यै नेपालमा ठुलो माहामारी आएन |कहिल्यै नेपालमा नत जातको नाममा नत भातको नाममा नत कुनै नाममा झै झगडा भयो नत मारकाटनै |यती सम्मकी कहिल्यै प्लेन पनि ठोकिन्थेन र सबैले यो देश पशुपतिनाथले चलाऊनु भएको छ सम्म पनि भन्थे |एकशय भन्दा वढी देशले शान्ती क्षेत्र देश भनेर साइन पनि गरी सकेका थिए |
म भारत र नेपालको वोर्डरमा हुर्केको मान्छे हुँं | मेरा धेरै वोर्डर पारीका साथीहरु थिए | उनीहरु भन्थे “म त पछी गएर नेपालमै गएर बस्छु |” मेरो किन भन्ने प्रश्नमा उनीहरु फेरि भन्थे नेपालमा शान्ति छ |त्यसैले बुढेसकालमा म त्यही गएर बाँकी जीवन विताउन चाहन्छु |”
कहिल्यै काँही कतै वाढिवाट,पहिरोवाट, वस ट्रक दुर्घटनावाट दुई चार जना मानिसको मृत्यु भएको सुन्दा आफ्नो घरका वुढावुढिहरु हरे राम यो के हुन खोजेको हो भन्नु हुन्थ्यो |चाहे त्यो जहाँको मानिस मरोस नेपाली भएपछी भो मलाई आज खानै मन छैन भन्नु हुन्थ्यो |”हरे राम, राम ,राम !हे शिव,शिव ,शिव ! हरे कृष्ण , कृष्ण , कृष्ण ,राधे कृष्ण ! सीता राम, हे पशुपतिनाथ, हे मनकामना भनेर यसरी देवी देवताका नामहरु सम्जेर घरकै परिवार मरेको जस्तो सवै सवैले घर घरमा बुढापाकाले पांयचायन देवताको सालीग्रामको पुजा गर्ने चलन थियो |
आज हेर्नुहोस त जहाँं मानिसहरु भीड हुन्छ त्यहाँ नास्तिकताको नामले धर्ममान्नेहारुलाई, पुजा गर्नेहरुलाइ ज्ञानी ,तपस्वी, बुध्दिमानहरुलाई गाली गर्छन् |अक्षता चढाउने, वली चढाएको वली चढाएको, होम गरेको, पुजा गरेको विरोघ गर्नेको संख्या पछिल्लो समयमा गएर ह्वात्तै बढयो |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१