१६ बुँदे सहमति अनुसार संविधान निर्माण नगर : ३३ दल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १५:०४

काठमाडौं, २९ जेठ । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चार दलबीच भएको १६ बुँदे सहमति मुलुकलाई दीर्घकालीन द्वन्द्वमा फसाउने खालको भएको भन्दै सहमति अनुसार संविधान निर्माण नगर्न माग गरेको छ । मोर्चाले शुक्रबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सिंहदरबार पुगेर ज्ञापपनपत्र बुझाइ १६ बुँदे सहमति अनुसार संविधान निर्माणको काम अगाडि नबढाउन माग गरेको हो । मोर्चाले १६ बुँदे सहमति २०६२-०६३ को राजनीतिक परिवर्तन तथा नेपाली जनताको भावना विपरितको भएको दाबी गरेको छ ।

33-dal-sangaha-barta-gaचार दलले १६ बुँदे सहमति गरेर संविधान निर्माणको काममा आफूहरुलाई संलग्न नगराउने नियत देखाएको भन्दै ३३ दलीय मोर्चाका सहसंयोजक शोभाराम थापाले आफूहरुको सहभागितालाई बेवास्ता गरे संविधान स्वीकार नगर्ने चेतावनी दिनुभयो । संविधानसभाका अध्यक्ष नेम्बाङलाई ज्ञापनपत्र बुझाउने मोर्चामा आवद्ध दलहरुले संविधानसभाको चुनाव वहिष्कार गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै जवाफमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले १६ बुँदे सहमतिले संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने बाटो सहज भएको बताउनुभयो । उहाँले संविधान सबै दलको साझा दस्तावेज भएका कारण कुनै दलले पनि संविधानमा आफ्ना एजेण्डा समावेश गर्नका लागि अडान लिन नहुने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१