निर्वस्त्र भएर शौच गरेपछि भूकम्प गयो…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १४:३१

एजेन्सी । मलेसियाको पवित्र पर्वत किनावालुमा गत शुक्रबार ५.९ रेक्टरस्केलको भूकम्प जानुको कारण उक्त क्षेत्रमा विदेशीहले निर्वस्त्र भएर शौच गर्नु मुख्य रहेको अधिकारीहरुले बताएका छन् । उक्त पर्वतको भ्रमणमा रहेका क्यानेडियन, डच तथा जर्मनहरुले निर्वस्त्र भएर शौच गरेको तस्वीर सोसल मिडियामा पोस्ट गरेको भोलिपल्ट भूकम्प गएको थियो ।

eeee]उक्त भूकम्पमा परेर मलेसियाको सवा क्षेत्रमा अवस्थित उक्त पर्वतमा विदेशीहरुले गरेको हर्कतका कारण त्यहाँ भूकम्प गएको स्थानीय उपमुख्यमन्त्री जोसेफ पिरिनको दाबी छ । मलेसियनहरुले पवित्र पर्वतमा अनैतिक क्रियाकलाप भएकै कारण प्राकृतिक विपत्ति घटेको जोसेफले बताएका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत उक्त पर्वतमा अनैतिक क्रियाकलाप गर्ने पर्यटकहरु मलेसियामै रहेका कारण उनीहरुको पहिचान भएको र उनीहरुविरुद्ध अभियोग लगाउने तयारी भैरहेको जानकारी पनि जोसेफले दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१