चार खुट्टाले हिँड्ने रोबोटको निर्माण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १४:०७

मासाचुसेट्स इन्सिच्यूट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले चार खुट्टाले हिँड्ने रोबोटको निर्माण गर्दैछन्। यो रोबोटलाई चितुवा जस्तै चार खुट्टाले दौडने र उफ्रने गरी प्रोग्रामिङ्ग गरिएको छ। यसको नाम ‘चिता रोबोट’ राखिएको छ र यसले बिना क्यामरा आफ्नो काम पुरा गर्ने बताइएको छ। यसमा अर्को भिजन सिस्टम रहेको र यसले लीडार भिजुअल सिस्टमको मद्धतबाछ पनि देख्न सक्ने बताइएको छ ।

robootअनुसन्धानकर्ताले रोबोटको बाटो तय गर्नका लागि एक थ्री पोर्ट एल्गोथम टेक्नोलोजीको पनि विकास गरेका छन् जसले रोबोटलाई कुद्ने र उफ्रिने संकेत दिन्छ। उफ्रिनका लागि यो चिता रोबोटले मानिसले जस्तै पहिले योजना बनाउँछ र उफ्रन्छ। यसले आफ्नो अगाडि आउने चिज देख्नासाथ त्यसको लम्बाई र दूरीको मापन गर्छ र त्यही अनुसार उफ्रिने गर्छ। अनुसन्धानकर्ताले गरेको परिक्षणमा यसले ८ किमि प्रतिघण्टाका दरले १८ इन्चसम्मको अग्लो सामानहरु पार गरेको बताइएको छ।

-एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१