बैशाख १२ गते गएको महाभूकम्प पछि यति बेला देशमा केहि सकारात्मक काम पनि भएका छन् । लामो समयदेखी हुन नसकेको १६ बुँदे सहमती देखी संविधानपछि राष्ट्रिय सरकार बन्ने कुरासम्ममा यति बेला ठुला मानिने राजनितिक दलहरु विच सहमती भइसकेको छ । तर केहि दिन अगाडी भएको १६ बुँदे सहमतीलाई भने साना दलहरुले राष्ट्रघाती सहमती भएको भन्दैं तत्काल फिर्ता गर्न माग गरेका छन् । तर अर्को तिर भने राजाबादी शक्तिहरु राजा नभए देशमा अशान्ति फैलने भन्दैं राजा फर्काउनैं पर्ने अडानमा छन् । यसै विषयमा केन्द्रित भएर लामो समयदेखी नेपाली राजनितिलाई नजिकबाट निहाल्दैं आउनुभएका राजनितीक विश्लेषक दिर्घराज प्रसाईसँग हाम्रा सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :
१.तपाईले देख्नु भएको अहिलेको राजनितिक अवस्था कस्तो छ ?
अहिले देश हत्यारा,देशद्रोहिहरुले मात्र चलाइरहेका छन् । विचारविहिन मान्छेहरुको सहभागीता अहिले सत्तामा रहेको छ । अहिले हामी जस्ता देशभक्त्तीहरुनै सुरक्षित छनौं । अहिलेको राजनितिक अवस्था देशलाई कसरी टुक्र्याउने,नेपालको कसरी अस्तित्व समाप्त गर्ने भनेर लागेको अहिलेको सत्ता हो । अहिले राजनितिमा कहिले नभएको अवस्था देखा परेको छ जसले देशको अस्तित्व समाप्त पार्छ ।
२.केहि दिन अगाडी मात्र चार ठुला राजनितिक दलहरु विच १६ बुँदे जुन सहमती भयो त्यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
म १६ बुँदे सहमतीको नाम पनि लिन चाहान्न । किनकी यो देशको हितका लागी भएको सहमती होइन । हामी सार्वभम सम्पन्न सत्ता चाहान्छौं भने पृथ्वी नारायण शाहले एकिकरण गरेको विशाल नेपाल चाहान्छौं भने यो १६ बुँदे सहमती देशको हितका लागी होइन ।
३.यो १६ बुँदे सहमतीको विषयमा जसरी साना दलहरु विपक्षमा उभिएका छन्,त्यसो भए उनीहरुले सहि गरे होइन ?
यो देशमा साना दलको अस्तित्व छैंन् । र कांग्रेस,एमाले,माओवादीको पनि अस्तित्व छैंन । तर कांग्रेस,एमाले,माओवादी भित्र पनि असल मान्छे छन् तर पार्टीका नेताहरुले जसरी परिचालन गरिरहेका छन् ति मानिसहरु भनेको नेपालको विचारलाई लिएर हिडेका छैंनन् । ति व्यक्तिहरु विदेशीको एजेन्डा लिएर हिडेका छन् ।
४.त्यसो भयो जुन १६ बुँदे सहमती भयो त्यो हुनुहुदैंन थियो तपाईको विचार हो ?
यो हुनुहुदैंन थियो होइन यो अल्लारे र खाने दाऊका लागी भएको सहमती हो । त्यहाँ सहमती कहाँ छ,त्यस भित्र के लेखिएको छ ? १६ बुँदे सहमतीमा केहि पनि लेखिएकै छैंन । यो देशमा केपी ओली,शुशिल कोइराला,प्रचण्ड,झलनाथ खनाल,माधव नेपाल,रामचन्द्र पौंडेल,शेर बाहादुर देउवा जस्ता गददार भएपछि केहि चिजमा पनि सहमती हुदैंन । म त भन्छु पार्टी भित्रका र बाहिर गरि करिब २५ जना व्यक्तिलाई कारर्वाहि गर्न नसके सम्म हाम्रो देश सुरक्षित हुदैंन । हिन्दु अधिराज्य अटाउने कुरा उक्त १६ बुँदे सहमतीमा छैंन भने त्यो सहमती राष्ट्रघाती हो । यो देशलाई बचाउँन सबैंधानिक राजतन्त्रलाई अटल बनाएर हिडाउन आवश्यक छ । र संघियताको नाममा देशलाई टुक्रा टुक्रा पार्ने काम भएपछि के १६ बुँदे सहमतीले नेपाली र नेपालको हित गर्छ । नेपालमा सबैैंधानिक राजतन्त्र र हिन्दु राष्ट्र निर्माण हुनु पर्छ ।
५.त्यसो भयो यो देशलाई फेरी राजा चाहिन्छ हो ?
राजा र हिन्दु अधिराज्य भएन भने यो देशमा शान्ति हुदैंन । यदि यो देशमा राजसंस्था रहेन भने म ग्यारेन्टी दिएर भन्न सक्छु यो देशमा यूरोपेली यूनियन सफल भयो,चाइनालाई टुक्राउनका लागी ऊ सफल भयो भने नेपालको अस्तित्व समाप्त भएर जान्छ । त्यसैले राजसस्था अहिले देशलाई अत्यन्त आवश्यक छ ।
६.राजा फेरी फर्कन्छन् त ?
एउटा कुरा लेखेर राख्नुहोस् राजा फर्किएनन् भने देशको अस्तित्व समाप्त भएर जान्छ यो म ग्यारेन्टीका साथ भन्न सक्छु । तर म राजाबाट प्रोसाहित छैंन । मलाई राजासँग नजिक भएका व्यक्तिहरुले पनि मन पराउदैंनन् तर म यो लेखेर दिन सक्छु देशमा राजा आउनैं पर्छ ।
७.तपाईलाई राजाको विषयमा मात्र बोल्ने,राजाको मात्र गुनगान गाउने भनेर भन्छन् नी ?
हो भन्छन् म यो देशमा राजा भएनन् भने देश वर्वाद हुन्छ,देशको अस्तित्व समाप्त हुन्छ भनेर बोल्ने मान्छे हुँ ।
८.अन्तत : अब देशमा संविधान बन्छ अथवा बन्दैंन ?
यो देशमा संविधान बन्नैं सक्दैंन । नेपालमा संविधान थिएन र २०४७ सालको संविधानलाई राजा देखी विभिन्न राजनितिक दलका नेताहरुले मिलेर बनाएका होइनन् । राजनितिक दस्ताबेज भएर बनेको संविधानलाई खारेजै नगरी कहाँ बाट नयाँ संविधान बनाउनु पर्यो । नेपालमा भारतका गुप्तचरहरुको ग्रान्ड डिजाइनका कारण नेपालमा संविधान बन्नैं सक्दैन ।
प्रतिक्रिया