सर्लाहीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १३:०९

सर्लाही, २९ जेठ । सर्लाहीको सदरमुकाम मलङ्गवामा गएराति जिल्लास्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भएको छ । जिविसको तिनबिघे मैदानमा राति ९ बजेदेखि सुरु भएको प्रतिस्पर्धा बिहान ३ः३० बजे समापन भएको हो । टेलिभिजनमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हेर्दै आएका दर्शकले जिल्लाकै इतिहासमा पहिलोपटक भएको रात्रिकालीन क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्न पाउँदा छुट्टै अनुभूति गरेका थिए ।

criकृत्रिम प्रकाशमा खेलाइएको फाइनल प्रतिस्पर्धामा आयोजक दुर्गा क्रिकेट क्लब मलङ्गवालाई ६ विकेटले हराउँदै मलङ्गवा नगरपालिका–२ को जयमाता दि क्रिकेट क्लबले जिल्लास्तरीय प्रतियोगिताको उपाधि चुमेको थियो । टस जितेर ब्याटिङमा उत्रिएको आयोजक दुर्गाले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको जयमाता दि क्लबले अन्तिम ओभरको २ बल बाँकी छँदै ४ विकेटको क्षतिमा १५४ रन जोड्दै आयोजक क्लब दुर्गालाई ६ विकेटले हराएको थियो । जिल्लाका कुल १६ वटा टोली सहभागी भएको प्रतियोगिता गत जेठ २ गतेदेखि सुरु भएको थियो । प्रतियोगिताअन्तर्गतका अन्य खेलहरू दिउँसो आयोजना भए पनि फाइनल प्रतिस्पर्धा भने राति गरिएको आयोजक क्लबका तुलसी यादवले जानकारी दिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१