प्राबिधिक तर्फको नतिजा एकसाता ढिलो प्रकाशन हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १२:०८

भक्तपुर, २९ जेठ । यसवर्षको एसएलसी परीक्षाको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रक बिष्णुबहादुर द्धारेले असार पहिलो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भैरहेको बताउनुभयो ।  भूकम्पले उत्तरपुस्तिका परीक्षणमा खासै असर नपारेकाले समयमै नतिजा सार्वजनिक गर्न सहज हुने उहाँको भनाई छ । परीक्षा संचालन भएको तीन महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने परम्परा अन्तर्गत गएको चैत ५ गतेदेखि १३ गतेसम्म संचालन भएको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । यसवर्षदेखि सुरु भएको प्राबिधिक तर्फको नतिजा भने एकसाता ढिलो गरि सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्धारेले भन्नुभयो, ‘एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यसको एकसाता पछि मात्रै प्राबिधिक एसएलसीको नतिजा सार्वजनिक हुनेछ ।’

eduप्राबिधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा परीक्षाफल प्रकाशित गर्ने भएकाले एकसाता ढिलो हुने उहाँको भनाई छ । गतवर्ष कार्यालयले जेठ ३० गते परीक्षाफल प्रकाशित गरेको थियो । यसवर्ष गतवर्ष भन्दा केही दिन ढिलो परीक्षाफल प्रकाशित हुने भएको छ ।
परीक्षामा कूल ५ लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी छन् । जसमा नियमिततर्फ छात्र २ लाख १२ हजार ५०४ र छात्रा २ लाख १३ हजार ७१० गरि कूल ४ लाख २६ हजार २१४ जना परीक्षार्थी परीक्षामा सहभागि भएको द्धारेले जानकारी दिनुभयो ।  एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरि कूल १ लाख ४५ हजार १८३ जना सहभागि भएका छन् । यसवर्षबाट सुरु गरिएको प्राबिधिक तर्फ भने छात्र २ हजार ३७ जना र छात्रा तर्फ १ हजार २५१ जना गरि कूल ३ हजार २८८ जना परीक्षामा सहभागी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१