काठमाडौं,२९ जेठ । एमाले नेता माधवकुमार नेपालले अब बन्ने नयॉ सरकारको नेतृत्व आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभएको छ । असार अन्तिमसम्ममा संबिधान जारी गरी वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएपछि ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने उहाँको भनाई छ ।
पार्टीको पुनर्निर्माण अभियानको निरिक्षण गर्न आज मकवानपुरको नामटार पुग्नुभएका नेता नेपालले भूकम्पले क्षति मात्र पुर्याएको नभई दलहरुबीच एकताको भाव जागृत गराएको बताउनुभयो । उहाँले कंग्रेसले एकीकृत माओवादी सामु घुडा टेकेकोले ८ प्रदेशमा सहमति भएको उल्लेख गर्नुभयो । रौटहटबाट गएका एमाले कार्यकर्ताले नामटार टोड्केमा भत्केका घरका भग्नावशेषहरु हटाएर १७ वटा टहरा बनाईसकेका छन् । भूकम्पबाट टोड्केमा ३४ वटा घर पुर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
प्रतिक्रिया