वैज्ञानीकहरुको ७ सदस्यिय टोली सर्लाहीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार १०:२०

एस.पी.गौरब

सर्लाही,२९ जेठ । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका वैज्ञानीकहरुको ७ सदस्यिय टोली बिहीबार सर्लाही आएको छ । काठमाडौंबाट गत १७ गते एक हप्ताको लागि आएको उक्त टोलीले बारा, पर्सा ,सर्लाही र धनुषाका विभिन्न स्वास्थ्य संस्था ,सामुदायीक वन, तथा जडिवुटी खेतीको क्षेत्रमा अध्यायन तथा अनुसन्धान गर्ने छ । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका वैज्ञानीक डा.अन्जना गिरीको नेतृत्वमा आएको टोलीले बिहीबार सर्लाहीको सासापुरमा रहेको दिगो जडिवुटी खेती विस्तार तथा अनुसन्धान केन्द्र नेपालले लगाएको विभिन्न जडिवुटी खेतीको अध्यायन तथा अनुसन्धान गरेको छ । उक्त जडिवुटीको विभिन्न अवस्थाको वारेमा अनुसन्धान गरेको हो ।

691b3888fcc2754a2377d5aac104a0e4अनुसन्धानको क्रममा उक्त जडिवुटीको प्रजाती,डि.एन.ए तथा उतपादन क्षमताको विस्तृत अध्यायन गर्ने प्रतिष्ठानका वैज्ञानीक डा. गिरीले बताउनु भयो ।टोलीले सर्लाही सदरमुकाममा रहेको जिल्ला अस्पतालको अवस्थाको बारेमा समेत अध्यायन तथा अनुसन्धान गर्ने बताएको छ । टोलीले शुक्रबार जिल्लाको स्वास्थ्य अवस्था कालाजार तथा अन्य विभिन्न रोगहरुको बारेमा अनुसन्धान गर्ने बताएको छ । आफुहरुसंग विभिन्न क्षेत्रका विज्ञहरु रहेका कारण सबै क्ष्ोत्रको अनुसन्धान गर्न सक्ने टोलमिा सहभागी एक वैज्ञानीक नविन दाहालले जानकारी दिनु भयो । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका वैज्ञानीक डा.अन्जना गिरीको नेतृत्वमा आएको वैज्ञानकिहरुको टोलीमा विश्वनाथ यादव,प्रविना राणा,ओमबासु कला ,सुनिता खनाल,नविन दाहाल लगायत रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१